जनतापत्र, बलेफी । राष्ट्रिय संगित कर्मि संघ बलेफी गाउपालिको अध्यक्षमा लोक गायिका सावित्री नेपाल चयन भएकी छिन । उनी सहित ९ सदस्यीय कार्यसमिती सङ्गीत कर्मी संघको बनेको छ ।
राष्ट्रिय संगित कर्मि संघ सिन्धुपाल्चोकले बलेफि गाउँ पालिका खाडिचौरमा नयाँ बर्स २०८१ को शुभकामना आदानप्रदान सहित अधिबेशन सम्पन्न गरेको छ ।
सो कार्यक्रमा प्रमुख अतिथि बलेफी गाउपालिका अध्यक्ष गङ्गा बहादुर तामाङ रहेका थिए भने बिशेश अतिथी सुनकोशी गाउँपालिकाको अध्यक्ष टपेन्द्र तिमिल्सिना रहेका थिए ।
प्रमुख अतिथि तामाङले कलाकारिताको संरक्षण र सम्बर्द्धनमा पालिकाले महत्वपूर्ण योगदान गर्न तयार रहेको बताए ।
सो कार्यक्रममा नब गठित कार्यसमितिलाई प्रमाणपत्र बितरण गरिएको थियो । नब निर्बाचित अध्यक्ष नेपालले बलेफि गाउँपालिका भित्र लुकेका कला तथा प्रतिभालाई समेटेर अगाडि बढ्ने बताएकी छिन ।
सोहि कार्यक्रममा सुनकोसि गाउँपालिकाको पनि कायसमिती निर्माण भएको छ । सो को अध्यक्ष सुसिला खड्का बनेकी छिन ।
आगामि दिनमा सिन्धुपाल्चोकका कलाकारलाई एकताबद्ध बनाएर अगाडि लाने राष्ट्रिय संगित कर्मि संघ सिन्धुपाल्चोक का अध्यक्ष ईश्वर सापकोटाले जानकारि दिए ।

Facebook Comments Box