जनतापत्र, पाँचपोखरी ।
मेलमिलाप सम्वन्धी मेलमिलाप कर्ताहरुलाई ४ दिने पुर्नताजगी तालिम पाँचपोखरी थाङपाल गाँउपालिकामा संचालन भइरहेको छ । सोही पालिका न्यायिक समितिको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहजिकरणमा सो तालिम संचालन भएको हो ।
सो तालिमको उद्घाटन सत्रमा वोल्दै पालिका अध्यक्ष टासी लामाले पालिका भित्रका विवादलाई समाधान गराएर समाजलाई शान्त राख्ने काम मेलमिलाप कर्ताले गराएको बताए । उनले मेलमिलापको क्षमता विकासमा पालिकाले निरन्तर सहयोग गर्दै आएको बताए । अध्यक्ष लामाले पालिकालाई सम्वृद्ध वनाउन मेलमिलाप कर्ताले जिम्मेवारी वहन गर्दै कर्तव्य प्रति प्रतिवद्ध रहन आग्रह गरे ।
सोही कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले तालिममा सिकेका कुरा व्यवहारमा उर्तान सवै प्रशिक्षार्थीहरुमा अनुरोध गरे ।
पालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सुनिता अधिकारीले मेलमिलाप कर्ताको क्षमता विकास गर्न र भावि कार्यक्रम तय गर्न यो तालिम संचालन गरेको वताइन् ।
सो तालिममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रका नेत्रप्रसाद धिताल, टिका सुवेदी लगायतले सहजिकरण गरिरहेका छन् ।

Facebook Comments Box