टिका सुवेदी , मेलम्ची ।
नगरपालिका मातहतका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने मेलम्ची नगरपालिकाले निर्णय गरेको छ ।
नगरपालिकामा शुक्रबार बसेको कार्यापालिका बैठकले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन सो निर्णय गरीएको हो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार आगामी शैक्षिक सत्रका लागि आउँदो वैशाख २ गतेबाट नयाँ भर्ना सुरु हुने र सरकारी कोषबाट तलबभत्ता एवम् सेवा सुविधा प्राप्तगर्ने सम्पुर्ण जनप्रतिनिधि,शिक्षक तथा कर्मचारीहरुले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने उनले बताए ।
कर्मचारीहरुले आफ्ना बालबालिकालाई निजि विद्यालयमा पठनपाठन गरिरहेको अवस्थामा शैक्षिक गुणस्तर दिनप्रतिदिन कमजोर हुँदै गएकाले सो निर्णय गर्न बाध्य भएको प्रमुख तामाङको भनाई छ ।

Facebook Comments Box