टिका सुवेदी

धेरै सामाजिक अभियान सिन्धुपाल्चोकमा चले । कति अभियान, अभियान नामको मात्र अभियान वने । कति अभियानहरु प्रभावकारी ढंगवाट संचालन गरिए । त्यस मध्येको पछिल्लो समय फरक र शसक्त ढंगवाट संचालन भएको अभियान हो प्रकृतिक श्रोत द्वन्द्व रुपान्तरण अभियान र सामुदायिक मेलमिलाप अभियान ।
अभियानको फुलवारीमा कमल फूल वनेर फुलेको द्वन्द्व रुपान्तरण अभियान यतिवेला सिन्धुपाल्चोकमा सक्रियता पुर्वक अघि वढिरहेको छ । वहुसरोकार विवाद रुपान्तरण र मेलमिलाप अभियानको चर्चापरिचर्चा धेरै हुने गरेको छ । जहाँ विवाद हुन्छ त्याहाँ प्रकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको नाम चल्ने गरेको छ । वास्तवमै यो अभियान छोटै समयमा स्थापित वनेको छ ।
वास्तवमै जहाँ विवाद हुन्छ त्यहाँ पक्षहरुले धेरै पीडा झेलेर वसेका हुन्छन । धेरै मुटु दुखेको हुन्छ । चरचरी चिरिएका हुन्छन सम्वन्धहरु । विभक्त वनेका हुन्छन विचारहरु । कहिल्यै देख्न र भेट्न नपरोस् भन्ने भवनाको विकास हुने गर्दछ । रगतकै नाता पर्ने आफन्तहरु पनि दुस्मन वन्ने गर्दछन । र अन्तत मर्ने र मार्ने सम्म हुने गरेको छ विवादमा । सो अवस्थालाई सम्वादको माध्यमवाट मिलमिलाप गराउने अभियान भएकै कारण स्थापित वनेको हो यो संस्था र अभियान ।
सिन्धुपाल्चोक जिल्लामा हालसम्म १८ भन्दा वढि वहुसरोकारवाला विवाद रुपान्तरण भएको छ भने ५ वटा विवादमा काम भइरहेको छ । त्यसै गरी सामुदायिक मेलमिलाप केन्द्रवाट ३ हजार भन्दावढी विवाद मिलेको छ । यसरी हेर्दा संस्था स्थापना भएको छोटो समयमा नै प्रभाकारी कामको आधार मुल्याकंन हुदै आएको छ । सफल अभियान मात्रै होइन दिगो अभियान वनाउन पनि सरोकारवाला निकायहरुले देखाएको अपनत्वपनले पनि के भन्न सकिन्छ भने यसको संस्था र अभियानको भविश्य उज्वल र सुनिश्चित छ ।
हरेक विवाद मिले पछि पक्षहरुमा देखिने सकरात्मक सोचको प्रभाव साचैनै समाज परिवर्तनको गतिलो औजार वनेको उदाहरण धेरै छन । यो अभियानवारे जानकारी लिएपछी आफुलाई परिवर्तन गराउन सफल वनेका भन्ने कुराहरु आइराख्दा अभियानकर्मीहरुलाई पनि हौसला मिल्ने गरेको छ ।
त्यति मात्र होइन विवादका कारण रोकिएका विकासको कामहरु पनि धेरै वनेका छन । समाजको मुहारमै खुसी भर्ने काम गरेकै कारण होला द्वन्द्व रुपान्तरण र मेलमिलाप सवैको मनमा वस्न सफल वनेको छ । त्यसैले त समाजको सकरात्मक रुपान्तरणमा द्वन्द्व रुपान्तरणको भूमिका उच्च र अव्वल छ ।
द्वन्द्व रुपान्तरणले कसरी खुसिका साथ जिउने र आर्थिक , समाजिक विकासका आधारहरु निर्माण गर्ने भन्ने कुरा सिकाएको छ । फाटेको मन सिउने अस्पतालको रुपमा स्थापित यस संस्थाले निक्कैको भावनात्मक उपचार गर्दै आएको छ । जसको सम्वन्ध वासि दुध फाँटे झै फाटेका थिए तिनीहरुका मन सम्वादको माध्यमवाट जोडिएको छ । जो मन विछिप्त वनाएर वाँचेका थिए उसले शान्तीको आभाष प्राप्त गरेको छ ।
समाजमा विवाद समान्यतया हुने नै गर्दछ । यस्ता विवादलाई विवादित पक्षहरु आफैले नै सम्वादवाट मिलाउने प्रकृया छ जुन कुरा स्थापित गर्न सक्यौ भने देशैले फरक मोड लिने छ । शान्ती र अमनचयन कायम हुनेछ । भाइचारा र वन्धुत्वको भावना जागृत हुने छ । यो अभियानमा लाग्दा गर्वले छाति तन्कने गरेको छ । र शिर उच्च वनाएको छ ।
(यो लेख मिलनविन्दुवाट साभार गरिएको हो )

Facebook Comments Box