लोक दोहोरी क्षेत्रमा उदाएका तारा हुन् समिर आचार्य । दोलखा जिल्ला, तामाकोसि गाँउपालिका ४ मालुका उनि हाल बसाइ युईएको दुबईमा छन् । विभिन्न क्षेत्र समावेश गरेर गित गाएका उनले कलाकारता माध्यमवाट आफुलाई स्थापित गरिसकेका छन् । कला साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि जनतापत्रको प्रस्तुतिमा लोक गायक समिर आचार्यसंग सहकर्मी नवराज नेपालले गरेको सम्वाद –


१ तपाई गीत संगित क्षेत्रमा लाग्नुभको छ । कहिले देखि किन यो क्षेत्रमा लाग्नुभयो ?
म सानै देखि गित संगीत लाइ माया गर्थे र हामिले २०५४ साल देखिनै प्रगति सिल युवा क्लब गठन गरि । बिभिन्न सांस्कृति प्रोग्राम गरि नाटक पनि पर्दशन गर्दै आइरहेको थियौ । म स्कुल पढ्दा देखिनै बिभिन्न सास्कृतिक प्रग्राणमा भाग लिने गर्दथिए । बिभिन्न सम्स्याका कारण स्कुलको पढाइ सकेर । म बिदेशिन बाध्य भए । तेस पछि मेरो सबै ईच्छा र चहानाहरु मरे । बिदेश बसेर तेति सहज थिएन तर जहाँ ईच्छा त्यहाँ उपाय भने झै २०७४ सालमा नेपाल जाँदा एउटा गित गाउँने अबसर मिल्यो । साउदि कतार ४ साल बसे दुबै २१ महिना बसे । अझै सम्म घरमा सुख दिन सक्या छैन । भनेर आफ्नै जिबनमा मेल खाने दशै गितबाट मेरो संगितिक यात्रा सुरु भयो । गित संगित मेरो जोस हो । म ब्यबसायी भन्दा नि गित संगित आफु खुसिको लागि गर्ने गर्दछु ।

२. कलाकारितामा स्थापित हुन कत्तिको गाह्रो छ ? र किन ?
अहिले को समयमा कलाकारमा स्थापित हुन धेरै गाह्रो छ । लागानि गर्न नि सकिदैन र लगानि उठ्दैन पनि । नयाँ नया मा कसैको साथ सपोर्ट पाइन्न । जहाँ नि ठग्ने प्रबिधि छ । म आफैले भोगेको कुरा एउटा अनलाईनमा समाचार हाल्देको ४ हजार सम्म लेने र बिना पैसा रेडियोमा गित बजाउन न सकिने रैछ । सबै मिडियाहरु भाइरलको पछाडि दौडिने रैछन् । नयाँलाई साथ सपोर्ट कसैले नगर्दा मनोबल झन गिर्ने र निरास हुनु पर्ने स्थिति छ । तेसैले गित न चल्दा धेरै गारो छ । लाखौ खर्चेर गित गरेर पनि मेरो गित हेर्देउ भनेर हात जोड्नु पर्ने दिनहरु पनि आए । तर गितको चर्चा हुन थाल्छ खोजि खोजि गित सुन्ने हुन्छन् । सबैले बलेको आगो मात्र ताप्छ्न भन्ने उखान ठ्याकै गित संगितमा मेल खान्छ ।

३ अहिले सम्म कतिवाट , कुन कुन गित एल्वमका रुपमा गाउँनु भयो ?
.मैले आज सम्म दुई दर्जन भन्दा बढि गित मा काम गरिसके र ३ ओटा म्युजिक भिडियोमा आफैले अभिनय गरेको छु । दर्जन भन्दा बढि गित संगितमा स्वर भरिसकेको छु । दर्जन भन्दा बडि गित आफैले भोकल गरिसकेको छु ।बिशेष म काठ क्षेत्र को गित गाउने गर्छु । काठ क्षेत्रमा असार लाग्दो जेठ ,पिरति को टिउसन ,कल्पना, , हरियो नम्लो को बरियो ,दुखि कर्म ,अहिले भखरै बजारमा आएको ,रातो फेटाले दिल चोरो काले केटाले ,गित सबैले मन पराउनु भएको छ ।

४. अव कुनै गित गाउने सोचमा हुनुहुन्छ की ?
अब ३ वटा गित बजारमा आउने क्रममा छन् । डिलै को घर, बाटै मा पर्छ घर , अनि माछि पानीमा लगायतका गितहरु आउने तयारिमा छ।

५.तपाईं बिदेश बसेर पनि गित संङ्गितलाई धेरै माया गर्नु भाछ । हाल सालै नयाँ गित बजारमा ल्याउनु भो, बिदेशमा हुदाँ दर्सक श्रोताले धेरै माया गर्नुभोकि नेपालमा हुदाँ । कस्तो लाग्छ यहाँलाई ?
म हाल पनि दुबई मै छु । संगीतक यात्रा पनि दुबईबाटै सुरु भएको हो । नेपालमा गितसंगितको अनुभव लिन पाएको छैन । कुनै कार्यक्रममा सहभागि हुने अबसर जुटेको छैन । बिदेस मै पनि समयले भ्याएसम्म कार्यक्रम हरु मा जाने गरेको छु । यहाँ विभिन्न संस्थाले गर्ने कार्यक्रममा निमन्त्रणा गर्दा सहभागि हुन पाईदैन । यहाँ आइतबार कार्यक्रम हुने र मेरो आइतबार छुट्टि नमिल्ने कारणले सहभागि हुन सकेको छैन।

६.तपाईंले आज भन्दा दुई बर्स अगाडि गाउनु भाको गित हितैको मायाले टिकटकमा भाईरल भाछ । कस्तो लाग्छ हालसालै बजारमा आको गित दर्शक श्रोताले मन पराउनु भोकि हितैको मायाँले कस्तो लाग्छ ?
अहिले रातो फेटाले गितको बोल बजारमा चर्चा चल्न थाले पछि २ बर्स पहिलेको गित हितैको मायाले बोलको गित टिक्टकमा सबै ले मन पराइदिनु भएको छ । यक्दमै खुसि लागेको छ । पहिला त्यही गित लाइ साथिहरु लाइ टिक्ट्क बनाउन अनुरोध गर्दा पनि कसैले टिक्टक नबनाएको तर अहिले रातो फेटाले बजार तताए पछि पुरानो गित भाइरल भएको छ ।

७ बिदेशमा विभिन्न कार्यक्रम हुदाँ नेपालबाट कलाकार लानि गर्छन् । केछ बिदेशमा भाको नेपाली कलाकार लाई चहि निमन्त्रणा गर्छन् कि गर्दैन ? तपाईंले सोचेको पारिश्रमिक दिन्छन् कि दिदैन्न बिदेशमा ?
यहाँ धेरै संस्थाहरु छन् । जिल्लै पिच्छेका संस्थाहरू पनि छन् । सबैले भाइरल खोज्ने र आफ्नो जिल्लाको कलाकार बोलाउने अनि आफ्नो नजिकका कलाकार वा पाटिगत कलाकार ल्याउने प्रचल्न छ । धेरै संस्थामा म आफै पनि छु । बेस्त र कामको कारण बोलाएको ठाँउमा पनि उपस्थित जनाउन सक्दिन पर्देशमा । जागिरलाई प्राथमिकता दिनु पर्ने हुदाँ धेरै मौकाहरु गुमाउनु परेको छ।

८. तपाईको विचारमा कलाकारलाई राज्यले के गर्नुपर्ला जस्तो लाग्छ ?
सरकारले गर्ला भन्ने त आस न राखौ । यदि देशमा सरकार भए आज लाखौ कला र गला भएका ब्यक्ति ले देश छाड्नु पर्ने थिएन । यदि राम्रो सरकार आए र गित संगितको एउटा मापदण्ड राखिदियोस अफ्नो क्षमताको कदर गरिदियोस् । बिभिन्न छाडा गित र गितसंगितमा बिकृति ल्याउने लाई कारबाहि गरिदियोस । लोक संस्कृतिको जगेर्णा गर्न मद्दत गरोस् , भन्ने लाग्छ तर बिडम्बना सरकार आफै संस्कृति मास्न खोजिरहेको छ । हामिले के आशा गर्ने । संकृति जोगाउछु भन्ने कलाकार लाई पनि एउटा मापदण्ड बनाओस् भन्ने लाग्छ । अनि राज्य भाको महुसुस हन्थ्यो ।
९.अन्त्यमा श्रोताहरुलाई के भन्नु हुन्छ ?
यहाँहरु लाइ अनुरोध गर्न चाहान्छु । समिर आचार्य यूट्ब च्यानलमा गएर मेरो गित सुन्दिनुहोला । कस्तो लाग्छ सल्लाह सुझाब कमेन्टमा छाड्नु होला । समिरले कस्तो खाल्को गित गाए हुन्थ्यो जस्तो लाग्छ कमेन्टमा लेख्नु होला । यो कुरा राख्ने अबसर जुराइ दिनु भएकोमा जनतापत्रको टीम र नबराज नेपाल सरलाई विशेष धन्यवाद दिन चाहान्छु ।

Facebook Comments Box