लोक दोहोरी क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै, कला र गलाको माध्यमवाट स्रोताहरुको मनमुटुमा वसेका कलाकार हुन गोमा कोइराला । सिन्धुपाल्चोक जिल्ला इन्द्रावति गाउँपालिकाकी कोइरालाको कलकारिता संगै जिवनका भोगाई र वुझाईका सन्र्दभमा संवाद गर्दै छौं । कला साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि जनतापत्रको प्रस्तुतिमा लोक गायिका गोमा कोइरालासंग जनतापत्रका सहकर्मी नवराज नेपालले गरेको सम्वाद ः

१ तपाई गीत संगित क्षेत्रमा लाग्नुभको छ । कहिले देखि किन यो क्षेत्रमा लाग्नुभयो ?
म गित संगितमा २०७४ साल देखि लागे । गित गाउँने रहर लागेर गित संगितलाई प्राथमिकता दिए ।

२. कलाकारितामा स्थापित हुन कत्तिको गाह्रो छ ? र किन ?
कलाकारितामा स्थापित हुन धेरै गह्रो छ । किन भनेदेखि कला र गलाको सम्मान छैन । कलाकार माथि होडबाजिका कारण स्थापित हुन धेरै गाह्रो छ ।

३ अहिले सम्म कतिवाट , कुन कुन गित एल्वमका रुपमा गाउँनु भयो ?
अहिले सम्म १० ओटा गित गाएको छु । दर्शक श्रोताले मन पाराउनु भएको छ । गायक नबराज घोरासैनि, मधु दाहाललगायतसंग जोडिएर मन परेरै होलानि बोलको गित गाएको थिए । त्यो निकै चर्चामा रह्यो ।
४. अव कुनै गित गाउने सोचमा हुनुहुन्छ की ?
नयाँ गित गाउने सोचमा छु । अब गितसंगितलाई नै निरन्तरता दिने छु ।
५ तपाईको विचारमा कलाकारलाई राज्यले के गर्नुपर्ला जस्तो लाग्छ ?
मरो बिचारमा राज्यले कलाकारको योगदानको कदर गर्नपर्दछ । राज्य ले नहेरे कलाकारलाई बाच्नै गाह्रो छ ।
६ तपाईं कलाकारीता क्षेत्रमा लागेर गित गाउँदै गर्दा दुख र सुख को दिन आए होलानी । कुन दिनलाई सम्जनु हुन्छ ?
कलाकार क्षेत्रमा लागेर दुख त सधैं छ । कलाकारलाई कार्यक्रममा गएको बेला आफुलाई सहज नहुँदा , सोचे जस्तो पारिश्रमिक नपाउदा धेरै दुखि हुन्छौं । भने सुख चहि ,आफ्नो आवाज बजारमा आउँदा दर्शक श्रोताले मन पराउँदा खुसि हुन्छौं । खुसिको क्षणलाई सुख मान्छौ ।

७ अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्नु हुन्छ ?
मलाई जति पनि दर्शकश्रोताले गोमा कोईराला भनेर चिनाउनु भाको छ । तपाईहरूको साथ सहयोग, हौसलाले अगाडिको गितरूलाई माया गरिदिनु भएको छ । अब आउने गितलाई अझै धेरै माया गरिदिनु हुन्छ भन्ने आसाबादि छु । धन्यवाद ।

Facebook Comments Box