जनतापत्र, चौतारा ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डे खोलामा निमार्ण सम्पन्न पक्की पुलको बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलले उत्घाटन गर्नुभएको छ । सम्झौता समय भन्दा ७ महिना अघि ११ महिनामा काम पूरा भएर सञ्चालनमा आएको पुलको सोमबार उद्घाटन कार्यक्रम भएको हो । उक्त उत्घाटन कार्यक्रममा मुख्य मन्त्री जम्मकट्टेलले चौतारा भालुवन बतासे हुदै जुगल जोड्ने सडक स्तरोन्नती सहित कालोपत्रेको योजना आगामी वर्षबाट सुरु गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद माधव सापकोटाले पैसा भएपनि निमार्ण कम्पनीबाट समयमा काम नहुदा समस्या र दिकदारी बढीरहेको अवस्थामा निमार्ण कम्पनी हिम निर्माण सेवा काठमाडौंले निर्धारित समय भन्दा अघि गुणस्तरीय ढंगबाट काम सम्पन्न गरेको भन्दै प्रशंसा गर्नुभयो ।
खाले, किटिने, भुस्लुङ,बतासे जस्ता बस्तीमा जान स्थानीयले बेहोर्नु परेको पीडा र वर्षातमा बाइक, गाडि तार्न तथा ओहोर दोहोर गर्न हुने सम्स्याको चौतारा साँगाचोकगढी नगरपालिकाले कुविण्डे खोलामा पुल निर्माणको लागी बनाएको योजनाले पूर्णता पाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले बागमती प्रदेशको राजधानी हेटौंडा पुगेर मुख्यमन्त्री जम्कट्टेललाई पुलको आवश्यकताबारे जानकारी र बजेट विनियोजन गरिदिन गरेको आग्रह स्मरण गर्दै प्रदेशले नै बजेट छुट्याएपछि सजिलो भएको बताउनुभयो ।
कुविण्डे खोलामा ५ करोड ६४ लाख लागतमा निर्माण भएको पुलबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ र ३ का १९ सय घरधुरी लाभान्वित भएका छन् ।

Facebook Comments Box