जनतापत्र, चौतारा ।

सिन्धुपाल्चोकमा पछिल्लो समय आगोलागिका घटना धेरै भइरहेको छ । जसकारण वनक्षेत्र डढेलोले विनास गरेको छन । जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका, सुनकोसी गाउँपालिकाका र बलेफी गाउँपालिकामा वढी क्षति भएको छ ।
जिल्ला वन कार्यालयका वन अधिकृत रमेश दुलालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । डढेलोबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् ।
वनमा डढेलो लगाउँदै गरेको अवस्थामा पहिलोपटक बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको छ । सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ निरञ्जन भट्टराईले जानकारी अनुसार उनिलाई कार्वाहीको प्रकृया अगाडी बढाइएको छ ।
कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था वन ऐन २०७६ मा उल्लेख गरिएको छ ।

Facebook Comments Box