रन्जना श्रेष्ठ, चौतारा ।


सिन्धुपाल्चोक जिल्लामा पहिलोचोटि भिक्षा टन कार्यक्रम भएको छ । बुधबार चौतारा बजारमा आइपुगेका भक्तपुर मुनि विहारका २५ जना भिक्षुहरू चौतारा बजारको पारी टोल हुदै दाँयाँ र बायाँ तर्फका घर तथा पसलहरुबाट भिक्षा दान संकलन गर्दै टुँडिखेल पीपलबोटसम्म पुगेका थिए ।
चौतारामा पहिलो पटक आइपुगेका भिक्षुहरूलाई चौतारा बासी लगायतले चामल, पैसा आफु खुशी सकेको भिक्षा दान गरेका छन् । सम्पदा संरक्षण गुठीका अध्यक्ष स्थानिय रविन्द्र श्रेष्ठले बौद्ध धर्मका अनुयायी भिक्षुलाई दान गरेर आत्म शान्ति दिलाउने काममा सहभागी भएकोे बताउदैँ परम्परागत मौलिक सँस्कृति र संस्कारलाई प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई यसबारे थाहा दिने उदेश्यले भिक्षा टन कार्यक्रम गरिएको बताए । उनले भिक्षा टन कार्यक्रम भक्तपुर मुनि विहारको आयोजनामा सम्पदा संरक्षण गुठी, नेवा देय दबु, सिन्धु कला मन्दिर, सिन्धु नेवा खल, म्ह सिका पुचः र भिन् तुना नेवा आमा समूहको समन्वयमा गरिएको जानकारी दिए ।

Facebook Comments Box