जनतापत्र, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोक १० औं जिल्ला अधिवेशनको गर्मी चौतारामा वढेको छ । नेतृत्व निर्माणको यो अधिवेशनको राग गाउँदेखि शहर सम्मका नेता तथा कार्यकर्तामा पुगेको छ । एमालेको जिल्ला अध्यक्ष को बन्छ ? भन्ने चासो अन्य पार्टीमा पनि पर्न थालेको छ । अहिले जिल्ला नेतृत्वका लागि हालका अध्यक्ष कमल नेपाल र होम नारायण श्रेष्ठको प्रतिस्पर्धा रहने वुझिएको छ । नेतृत्व छनौट सर्वसम्मत वनाउनको लागि केन्द्र तथा प्रदेशका नेतृत्वपंक्ती लागिरहेको वुझिएको छ । निर्वाचन हुने भन्दैं कार्यकर्ताहरु व्यापक ध्रुविकरण भइरहेको सन्र्दभमा पार्टीलाई एकतावद्ध वनाउनपर्ने योजनाका साथ नेतृत्ववीच छलफल हुन थालेको वुझिएको छ । एक नेताले भने सर्वसम्मत नेतृत्व छनौटको प्रयासमा लागि पर्ने छौं । आम कार्यकर्ताको भावना पनि त्यहि छ ।
७ सय ४७ प्रतिनीधि रहेको सो पार्टीको अधिवेशनले १ सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ ।

Facebook Comments Box