जनतापत्र / सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाका माझी समुदायले खोलालाई भगवानको रूपमा सामूहिक पुजा गर्दै धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशी पर्व’ मनाएका छन् ।
मंगलबार हिन्दु नेपालीहरूको दशैं पर्व झैं पुजासँगै सामूहिक भोज, नाचगान गरेर उनीहरूले भव्य रूपमा सो पर्व मनाएका हुन् ।
मेलम्ची नगरपालिका १२ स्थित इन्द्रावती नदीको किनारमा सिन्धुपाल्चोकका माझीहरूले आफ्नो महान पर्व मनाउन मौलिक पोसाकमा भेला भएर खोलालाई सामूहिक पुजा गरेका थिए ।
हिजोको र आजको युगमा धेरै फरक भैसकेको कार्यक्रमका प्रमुख अतिथी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए । यहाँको सुन्दर हावा पानी नदि सरसफाइका लागि माझी समुदायले हरेक बर्ष कोशी पुजा गर्दै आएकोमा उनले धन्यवाद ब्यक्त गरे । उनले पुर्खाले गर्दै आएको संस्कार र संस्कृती लाई अगाँल्दै शिक्षासंग जोडिनका लागि पनि सुझाए । उनले नदि किनारको अबलोकन गर्ने अवसर सँगै केही मात्रामा भएपनि फोहोर संकलन गरेको उल्लेख गर्दै मेलम्ची नगरपालिकाले बजार र नदि किनारको फोहोर संकलनका लागि प्रवाभकारी योजना अगाडि बढाएको जानकारी दिए ।
नगर प्रमुख तामाङले मेलम्ची नदिको किनारमा भएको नदि दोहन फोहोरमैला लगाएतका कुरालाई इङित गर्दै तयार पारिएको चित्रले पनि आफुलाई झकझकाएको बताए । मेलम्ची बजार बाहुनेपाटी बजार नदि किनारलाई हरियाली सफा, स्वस्छ बाताबरण र पर्यटकिय स्थान बनाउनका लागि नगरपालिकाले दिर्घकालिन योजना बनाएर अगाडि बडेको भन्दै उनले यसमा नागरिक र स्थानियको सहयोगको अपेक्षा गरे।
विशेष अतिथि उपप्रमुख उमा प्रधानले कोशी पुजा संरक्षण लाई अभियानको रुपमा अगाडी बढाएकोमा माझी समुदाय र आयोजक लाई धन्यवाद ब्यक्त गर्दै चित्रकला पर्दर्शनीले हाम्रो प्रकृति कसरी मासिएको छ भन्ने प्रस्ट देखिएको भनिन् । उनले आजको कार्यक्रमबाट जलवायुमा परिहेको असर लाई समेत नियाल्ने मौका मिलेको बताईन् । उपप्रमुख उमा प्रधानले जनजातिहरुको संस्कार र संस्कृति लाई संरक्षण गरि एउटा सुन्दर फुलबारी निर्माण गर्न सबैले हातेमालो गर्न आग्रह गरिन् । संस्कार र संस्कृति सहित आफ्नो भाषा भेषभुषाको पनि संरक्षण गर्नुपर्नेमा प्रधानको जोड थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले नदिको पुजा गर्दै जिउँदो माछालाई खोलामा हालेर नगर प्रमुख र उपप्रमुखले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई कलाकार सुर्यमणि आचार्य,आशा लामा लगायत स्थानिय माझी समुदायका कलाकारहरुको प्रस्तुतीले थप रोचक बनाएको थियो ।

Facebook Comments Box