जनतापत्र,मेलम्ची ।
मेलम्ची नगरपालिका, टुकी संघ सुनकोशी र ह्याण्डिक्याप इन्टरनेसनलको सहयोगमा अपाङ्गता भएको व्यक्तिहरुको अधिकार, समावेशीकरण र पहुँचको प्रवर्धन सम्बन्धि एक दिने अभिमुखिकरण भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, उनिहरुको पहुँच वृद्धि र समावेशीकरणमा यस्तो कार्यक्रम महत्वपुर्ण भएको बताए । कार्यक्रममा सिकेका विषयवस्तुका आधारमा आगामी योजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, क्षमता विकास र जीविकोपार्जनमा सहयोग गर्न सरोकारवालाहरुलाई प्रमुख तामाङले आग्रह गरे ।
सोही नगरपालिकाको उपप्रमुख उमा प्रधानले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सबै सरोकारवालाहरुको सहजीकरण आवस्यक रहेको बताइन ।


सो नगरपालिकामा संचालन भईरहेको अपाङ्गता भएका व्यक्तिहरु एवं संकटासन्न व्यक्तिहरुको स्वास्थ्य पुनस्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत अभिमुखिकरण कार्यक्रम गरिएको टुकी संघ सुनकोशीका परियोजना संयोजक महेन्द्र कार्कीले जानकारी बताएका छन् ।
टुकी संघ सुनकोशीका अध्यक्ष राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा अपाङ्गता भएको व्यक्तिहरुको अधिकार, समावेशीकरण र पहुँचको प्रवर्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघका बरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र नेपाल अपाङ्ग महिला संघका उपाध्यक्ष मीना पौडेलले गरेका थिइन् ।
सो कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराई, जनप्रतिनीधिहरु अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका प्रतिनीधि लगायतको उपस्थीति रहेको थियो ।

Facebook Comments Box