टिका सुवेदी


सामुदायिक वन पछिल्ला दिनहरूमा डढेलोको चरम चपेटामा परेको छ । यो वर्षपनि दर्जनौं सामुदायिक वनमा आगोलागि भइसकेको छ । यसले करोडौं रुपैयाँ भन्दा माथि क्षति पु¥याएको छ । अझ मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेको छ । तत्काल यसको प्रभाव नदेखिए पनि सुस्त रोग झैं स्वास्थ्यमा भयानक असर पारिरहेको छ । मुख्यगरी फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना भइरहेको छ । यतिखेर जमिन तथा जंगल क्षेत्रमा सुक्खापनको मात्रा बढ्दै गएको छ । हरेक वर्ष दोहोरिने डढेलोबाट हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न बेलैमा होसियारी अपनाउनु जरुरी छ ।
वन डढेलोको सन्दर्भमा सवडिभिजन वन कार्यालय, सिन्धुपाल्चोकका अधिकृत मदन कडेंलले वनमा आगो लगाउनु अपराध भएको बताए । उनले सामुदायिक वनलाई आगोबाट जोगाउन वन समुह र उपभोक्ता जागरुक हुनपर्ने बताए । उपभोक्ता आफैं सचेत नभएसम्म यस्ता कार्य नरोकिने जिकिर गरे । वनमा आगो लगाउनेलाई कानुनी दायरामा ल्याउन सवैले पहल गर्नपर्ने भन्दै कावाहीका लागि थप सहयोग लिन प्रहरी प्रशासनसंग नि छलफल भएको उनले बताए । कसैले आगो लगाएको सूचना दिनेलाई गोप्य राख्ने र दोषिलाई कडा कार्वाही गर्ने अधिकृत कडेंलको भनाई छ । उनले दोषिलाई विगो असुल गरी तीन वर्ष सम्म कैद वा साठी हजार रुपैयाँ सम्म जरीवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको बताए ।
के हो वन डढेलो
हामी सवैलाई थाहा छ ,वन जंगल वहुमुल्य प्राकृतिक सम्पति हो । प्रत्यक वर्ष वन डढेलोको प्रकोपबाट धेरै मात्रामा प्राकृतिक तथा मानवीय क्षति भइरहेको हुन्छ । वनको विनास र क्षयीकरण हुनुमा डढेलो प्रमुख कारण मानिन्छ । वन डढेलो कारण वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न असरहरु देखा परी राखेका छन ।

वन डढेलोका असरहरु ः
 पारिस्थिकीय प्रणालीमा नै परिवर्तन हुन सक्दछ र जैविक विविधतामा पनि –हास आउन सक्दछ ।
 माटोको पानी सोस्ने क्षमता –हास हुदै जान्छ ।
 वन्यजन्तुको वासस्थानमा नास गर्दछ ।
 कृषि तथा वन वाली उत्पादकत्वमा ह्रास आँउछ ।
 वातावरणमा प्रतिकुल असर (अतिवृष्टि, अनावृष्टि, भू–क्षय आदी ) पर्दछ ।
 आगलागीको धुवाँले वातावरणलाई प्रदुषणयुक्त बनाउँदछ ।

डढेलो नियन्त्रण कसरी गर्ने ?
 सर्वप्रथम आगलागी हुने माध्यमहरुलाई नै नियन्त्रण गर्नेु पर्दछ । यसका लागी सुख्खा याममा र हुरी वतास चलेको वेलामा वन जंगलमा विंडि चुरोट खाने, पत्करमा आगो लगाउने, राति अगुल्टो वालेर वन जंगलको वाटो हिड्ने कामहरु नगरौ ।
 सुक्खा मौसममा पशु पालन गर्ने किसान तथा खेत वारीमा काम ब्यक्तिहरुले आफ्नो बारीको गरा तथा काँल्लाहरुको सुकेको घाँस तथा पतकर थुपारेर आगो लगाउने गर्दछ। त्यस्तो कार्य तत्काल बन्द गरौ । आगो लगाउनै परे नियन्त्रित आगो लगाऔ र आगो ननिभाकन छोडेर नजाऔ र त्यसलाई निभाएर मात्र जाने गरौ ।
 गोठालाहरु, केटाकेटिहरु एवं वटुवाहरुले जानीजानी वा अन्जानमा जंगल भित्र सलाई, लाईटर, चुरोटको ठुटा आदीको प्रयोग गर्दा आगो लाग्न सक्छन् । यस्ता कार्यहरु निषेध गरौं ।
 सुख्यायाममा गोल पोल्ने कार्य गर्दा र वनभोज जाने समूहहरुले वनमा खानेकुरा पकाएपछि राम्ररी आगो ननिभाई जाँदा वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना रहन्छ । यस्ता कार्यलाई वन क्षेत्रमा निषेध गरौ ।
 सुख्खा यामको अगावै नियन्त्रित आगलागी गर्दा क्षति कम हुने हुदाँ अति संवेदनशिल क्षेत्रमा कार्तिक, मंसिर महिनामा सुकेको पतकर, झार आदिमा नियन्त्रित आगो लगाई सुख्खा मौसममा हुने आगोलागीको न्यूनीकरण गरौ ।
 वन जंगलको बाटो भई हिडने बटुवाहरुलाई डढेलोबाट हुन सक्ने नोक्सानीबारे सामुदायिक वन उपभोक्ता समूहहरुले सूचना तथा बोर्ड राखी सचेतना गराऔ ।
 सामुदायिक वन क्षेत्रमा अग्नि रेखाको निर्माण गरौ ।
डढेलो लागेमा के गर्ने नी ?
 स्थानिय उपभोक्तालाई गुहारेर सहायता माग्नु पर्दछ ।
 हरिया स्याउला, माटो तथा पानीको प्रयोग गरी आगो निभाउनु पर्छ ।
 आगलागी भएको स्थानवाट आगो अन्यत्र सर्न नदिने गरी सुख्खा पत्करहरुलाई हटाएर र विपरित दिशावाट प्रतिरोधात्मक आगोको माध्यमवाट आगलागी नियन्त्रण गरिनु पर्छ ।
 थप सहयोगको लागी नजिकको वन कार्यालय, सेना, प्रहरी प्रशासन एवं डिभिजन वन कार्यालयमा खवर गर्नु पर्छ ।

-श्रोतः सव डिभिजन वन कार्यलयको सूचना सामाग्री

Facebook Comments Box