रन्जना श्रेष्ठ, चौतारा ।


नेकपा एमाले सिन्धुपाल्चोकको चैत १६ देखि १८ सम्म हुने १० औँ जिल्ला अधिवेशनको प्रतिनिधि छनोटको काम भइसकेको छ ।
एमाले सिन्धुपाल्चोकको अधिवेशनमा पहिलो पटक प्रतिनिधिहरुको व्यवस्थापन अनलाईनबाट गरिन लागेको छ ।
एमाले जिल्ला अध्यक्ष कमल नेपालले मोबाइल एप मार्फत छनोट भएका प्रतिनिधिको विवरण यकिन गरेर प्रतिनिधि मुल व्यवस्थापन समितिले आधिकारीकता प्रदान गर्नेे जानकारी दिए ।

प्रतिनिधिले अनलाइनमा विवरण भर्ने तरिका

सुरुमा अटो साइजको फोटो अपलोड भनिएको ठाउँमा क्लिक गरेपछि मोबाइल स्टोरमा भएको फोटो देखाउँछ । त्यहाँ क्लिक गरेपछि फोटो अपलोड हुन्छ । फोटो नजिकबाट खिचिएको स्पष्ट अनुहार देखिने हुनुपर्छ । फोटोलाई क्रप गर्ने व्यवस्था छ समेत अनलाईन सिष्टममा गरिएको छ ।

फोटो अपलोड भएपछि नेपालीमा आफ्नो नाम लेख्नु पर्छ । जन्म मितिमा क्लिक गर्ने वित्तिकै क्यालेन्डर आउँछ । त्यसैबाट सर्च गरेर सालमा क्लिक गर्नु पर्छ । त्यहाँ आफ्नो जन्मको सालमा क्लिक गरेपछि महिना र गते भर्नुपर्छ । ‘ओके’मा क्लिक गरेपछि जन्म मिति भरिन्छ । त्यसपछि मोबाइल नम्बर र लिङ्ग भर्नु पर्छ ।

प्रतिनिधित्व गरेको कमिटीमा क्लिक गरेपछि भूगोल, जनसङ्गठन, जिल्ला सल्लाहकार, सम्पर्क मञ्च, उत्पीडित र मनोनीत भन्ने ‘अप्सन’ देखाउँछ । आफू कहाँबाट प्रतिनिधि भएको हो त्यहाँ क्लिक गर्नुपर्छ । त्यसपछि खुल्ला वा महिला भनेर पनि आउन सक्छ । त्यो छानेपछि पालिका छान्नु पर्छ र वडा नम्बर टाइप गर्नुपर्छ ।
आफ्नो विवरण सही छ भन्ने पक्का गरेपछि पेस गर्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नुपर्छ ।

त्यस पश्चात् आफूले पेस गरेको मोबाइल नम्बरमा ६ अङ्कको ‘ओटिपी कोड’ एसएमएस सन्देशमा आउँछ । कोड मागेको ठाउँमा उक्त कोड राखेपछि ‘तपाईँको विवरण प्राप्त भयो, स्वीकृत भएपछि एसएमएस मार्फत जानकारी गराइनेछ’ भन्ने जानकारी आउने छ ।

सवै विवरण अनलाईन सिष्टममा अपलोड भएपछि सो विवरणको आधारमा डिजीटल कार्ड बन्नेछ । प्रतिनिधिहरु बन्द सत्र र निर्वाचनमा सहभागी हुदा कार्ड स्क्यान गरेर मात्रै हल भित्र पस्न सकिने छ र बन्द सत्रमा सहभागी हुन पाउने प्रतिनिधि व्यवस्थापन समितिका संयोजक एवम जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

Facebook Comments Box