रन्जना श्रेष्ठ, पाँचपोखरी ।


पाँचपोखरी थाङपाल गाउँपालिकाको चौधौं गाउँसभा संशोधन सहित २ वटा विधेयक पास गर्दै सम्पन्न भएको छ । सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ५का वडा अध्यक्ष काले गोलेले सभामा आधारभूत तथा माध्यमिक शिक्षा नियमावली पहिलो संशेधन सम्बन्धी विधेयक पेश गरे ।
गाउँपालिकाका कर्मचारी युराज भट्टराईले खानेपानी स्वच्छता तथा सरसफाई ऐन सम्बन्धी विधेयक २०८० कार्यपालिका सदस्य कल्पना पण्डितले प्रस्तुत गरेको जानकारी दिए । गाउँसभामा न्यायीक समितिबाट विगत ६ महिनादेखि भए गरेका कार्यविवरण तथा उपलब्धी प्रस्तुत गरिएको थियो भने पार्टीगत गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६का वडा अध्यक्ष नारायण भट्टराई, वडा नम्बर ४का वडा अध्यक्ष कुलबहादुर बस्नेत,वडा नम्बर २ का वडा अध्यक्ष बाबुलाल स्याङ्बो लगायतले गाउँसभासँग सम्बन्धीत आफ्नो भनाई राखेका थिए ।
गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले गाउँसभामा प्रस्तुत भएको विधेयकमा वडा नम्बर १ का अध्यक्ष आलोककुमार स्याङ्बो,वडा नम्बर ३का वडा अध्यक्ष ङिमाछिरिङ तामाङ,गाउँसभा सदस्य अंकमाया तामाङ,जगदिश श्रेष्ठ लगायतले आफ्नो भनाई राखेकोे जानकारी दिए । सभामा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले यसअघि विभिन्न समयमा बसेका कार्यपालिका बैंठकले गरेको निर्णयहरु अनुमोदनका लागी बैंठकमा पेश गरे ।
गाउँपालिकाका अध्यक्ष टासी लामाले गाउँसभामा उठेका विषय माथीे स्पष्ट पार्दै गाउँपालिकालाई समृद्ध बनाउनका लागी सबैको सहयोग अपरिहार्य रहेकाले साथ दिनका लागी आग्रह गरे ।

Facebook Comments Box