रन्जना श्रेष्ठ, चौतारा ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) को प्रमाणपत्र प्राप्त गरेको अवसरमा बृहत र्याली प्रदर्शन गर्दै सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसले प्रचार कार्यक्रम गरेको छ ।
क्याम्पसले (क्यूएए) को प्रमाणपत्र पाएको खुशियालीमा क्याम्पसको प्राङगणदेखि चौतारा मिनिरंगशाला नजिक पिपलबोटसम्म पुगेर र्याली कोणसभामा परिणत भएको थियो । र्यालीमा शिक्षक, विद्यार्थी, अविभावक, जनप्रतिनिधि र पत्रकार सहभागी भएका थिए भने र्यालीमा नेवारी धिमे बाजा, ब्यान्ड बाजा, खैचडी भजन पनि प्रस्तुत थियो ।
क्याम्पसले गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गरेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा चौतारा बहुमुखि क्याम्पस अब्बल रहेको यसले प्रमाणित गरेको क्याम्पसका प्रिन्सिपल नगेन्द्र प्रसाद दंगालले बताए ।
विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण शिक्षाको गुणस्तर राम्रो भएको, विद्यार्थी सङ्ख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएका लगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई प्रमाणपत्र प्रदान गरिन्छ ।
प्रत्यायन (क्यूएए) प्रमाणीकरण भएसंगै अब चौतारा बुहमुखी क्याम्पसबाट प्रदान गरिने सर्टिफिकेट अन्र्तराष्ट्रय मान्यता प्राप्त गर्नेछ । त्यस्तै क्याम्पसमा स्नातक तहका एक विद्यार्थी उत्र्तिण भएसंगै प्रतिव्यक्ति बार्षिक ३५ हजारको दरले अनुदान आउने छ ।
त्यस्तै क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष कृष्णराज श्रेष्ठले क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीको अथक मेहनतका कारण क्यूएए पाएको बताउदै यस बहुमुखी क्याम्पसले (क्यूएए) प्राप्त गर्नुमा जिल्लाकै गौरवको कुरा भएकोमा खुशि ब्यक्त गरे ।

Facebook Comments Box