डा वाइपी सिंहबुधबार,


हाम्रो शरीर विभिन्न कोषहरू मिली हरू, अहरू र प्रणालीहरूले बनेको हुन्छ । सामान्यतः कोषहरू एउटा अवधिपछि पूराना कोषहरूलाई नयाँ कोषहरूले शोधभर्ना गर्दछन् । तर कहिलेकाही शरीरको जुनसुकै भागमा कोषहरू अनावश्यकरूपमा अनियन्त्रित तरिकाले बदन थाल्यो भने ती कोषहरूको समूहलाई ट्युमर भनिन्छ । यस्तो ट्युमरलाई मासु पलाएको, गाँठागुँठी, गिर्खा आदि पनि भनिन्छ । ट्युमर शरीरको जुनसुकै भागमा हुनसक्छ । ट्युमर दुई किसिमको हुन्छ ः

(क) बेनाइन ट्युमर
यस्तो शरीरको कुनै भागमा आएको ट्युमर, जुन शरीरलाई खासै धेरै नराम्रो असर गर्दैन । शरीरमा हुने धेरै जसो बेनाइन ट्युमर नै हो यस्तो ट्युमरलाई क्यान्सर भनिदैन । एकचोटी अप्रेसन गरेर निकालेपछि फेरी पलाएर आउँदैन । उदाहरणको लागि बासोको डल्लो वा लाइपोमा, यस्ता धेरै गाँठागुठी आयो भने त्यसलाई लाइपोमैटोसिस भनिन्छ । स्तनमा हुने फाइब्रोएडिनोमा पनि बेनाइन ट्युमर हो।

(ख) म्यालिगन्यान्ट ट्युमर
यस्तो ट्युमरले सँगको तन्तु तथा अङ्गलाई असर गर्नुको साथै शरीरको अरु भागमा सरेर जान्छ । मैलिगनैन्ट ट्युमरलाई क्यान्सर भनिन्छ । यो बेनाइन ट्युमरको दाँजोमा नराम्रो मानिन्छ । मैलिगनैन्ट ट्युमरमा कोषहरू अनियत्रित रूपमा बढ्दै जाने र शरीरको लागि हानिकारक हुन्छ।

क्यान्सर भनेको के हो ?
क्यान्सर एउटा यस्तो रोग हो, जो शरीरको कुनै पनि भागमा एक नयां, अनियन्त्रित तथा लगातार बढिराख्ने असामान्य कोषहरूको समूहलाई प्रतिनिधित्व गर्दछ र यो शरीरको लागि खतरनाक हुन्छ।

कोषहरू शरीरको सामान्य कोषहरूभन्दा भिन्दै खालको हुन्छ । कोषहरूको आकार, नाप र भित्री बनावट फरक–फरक हुन्छ । क्यान्सर आफू नजिकका तन्तुहरूलाई असर पार्नुको साथै शरीरको अरू भागमा पनि फैलिन सक्छ । क्यान्सर सरूवा रोग होइन । क्यान्सर जसलाई पनि हुन सक्ने रोग हो । धनी, गरिब, अनपढ, पढेलेखेको, गाँउ–शहर, तराई ÷पहाडमा बस्ने मान्छेमा हुन सक्छ।

क्यान्सरलाई साधारणतया मासु पलाएको र रगतको क्यान्सर भनेर दुई भागमा बाँड्न सकिन्छ । क्यान्सर १०० भन्दा बढी किसिमका हुन्छन् । क्यान्सर रोगको विस्तृत अध्ययन गरिने चिकित्सा विज्ञानलाई अन्कोलोजी भनिन्छ । क्यान्सरको बनावट तथा व्यवहार गंगटो सँग मिल्ने भएको हुनाले क्यान्सरलाई प्रायः गंगटो भनेर बुझिन्छ । गंगटो भन्दा खेरी एकदमै साह्रो तथा खस्रो, कडा जस्तो बनावट बुझिन्छ । एक चोटी गंगटोले समाए पछि छुट्याउन क्यान्सर भएको गाँठो साह्रो तथा नजिकै तन्तुसँग टांसिएको हुन्छ । (क्यान्सर के किन कसरीबाट)
स्वास्थ्य खबुबाट……………..

Facebook Comments Box