जनतापत्र,पाँचपोखरी ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सवारी दुर्घटनाबाट घाईते भएका कर्मचारीहरुको स्वास्थ्य लाभको गर्दै विज्ञप्ती निकालेको छ ।
अध्यक्ष लामाले जिप दुर्घटनाका घाईतेहरुको शंखरापुर अस्पताल, नेपाल अर्थपेडिक अस्पताल जोरपार्टी र ट्रमासेन्टर काठमाण्डौमा उपचार भईरहेको समेत बताएका छन् ।
काठमाण्डौ जादै गर्दा वडा नं. ८ तिपेनी बाट उकालो चड्ने क्रममा दुर्घटना हुन पुगेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सवार बा १ झ ६३०३ नम्बरको जिप उकालोमा अनियन्त्रित भई दुर्घटना भएको र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल ,प्रशासन प्रमुख राम प्रसाद न्यौपाने, शिक्षा शाखा प्राविधिक सहायक सरिता गौतम, राजश्व शाखा प्रमुख दिपा कुमारी धमला, महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख शारदा उप्रेती र सवारी चालक कान्छा तामाङ सहित छ जना सख्त घाईते छन् ।

Facebook Comments Box