जनतापत्र, मेलम्ची । मेलम्ची स्प्रीङ वाटरको उद्घाटन भएको छ । आजको कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले उद्घाटन गरेकी हुन् । स्थानीय मोहन तामाङले दिनप्रतिदिन युवाहरु विदेश र शहर पलायन भइरहेको अवस्थामा गाउँमै केहि गर्न सकिन्छ भन्ने उदेश्यले अहिले संचालन गरिरहेको उद्योगले रोजगारीको समेत अवसर रहेको बताए । उनले मेलम्ची नगरपालिका भित्रको सरकारी कार्यालयमा अब देखि यहीँ पानी प्रयोग गरिने उद्घोष गरे । उपप्रमुख प्रधानले अन्यत्र बाट आउने भन्दा पनि यहीँको उत्पादनलाई प्राथमिकता दिन ब्यापारी तथा संघ संस्था हरुलाई समेत अनुरोध गरिन् । आगामी दिनमा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत संग बसेर छलफल गर्ने बताईन् ।
स्थानीय ब्यापारी सुनिता पराजुलीले स्थानीय लाई प्रोत्साहन गर्ने उद्देश्यले पानी किनेर सहयोग गरिन् भने उपप्रमुख उमा प्रधानले समेत पानी खरिद गरिन् । संचालक मोहन तामाङले दैनिक १२ सय लिटर पानी गर्ने लक्ष्य लिइएकोे बताए । कार्यक्रम कार्यबाहक वडा अध्यक्ष भोलानाथ ढुंगाना,कार्यपालिका सदस्य रिममाया तामाङ,वडा सचीव पशुपति बिश्वकर्मा लगायतको उपस्तिथितिमा सम्पन्न भएको थियो ।

Facebook Comments Box