जनतापत्र , चौतारा ।

चौतारा साङाचोकगढी नगरपालिका वडा नं. ५ चौताराले २० जना सिलाई व्यबसायमा आवद्ध महिलाहरुको लागि ४५ दिने सिलाई लेभल–२ तयारी कक्षा समापन गरेको छ । वडा स्तरिय महिला सन्जालको अध्यक्ष गङ्गा कुमारी लामिछानेको अध्यक्षता आयोजना गरिएको उक्त कार्यक्रममा नगर उप प्रमुख सीता थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा अध्यक्ष शिव श्रेष्ठले विगत देखि नियमित रुपमा सिलाई कटाईको तालिम संचालन भए पनि लेभल स्तरिय रुपमा नै भएकोले यो व्यबसायमा स्तरिकरण हुने भन्दैे आगामी दिनमा पनि प्राथमिकतामा राख्ने बताए ।
उप प्रमुख थापाले सिलाईलाई व्यवस्थित पेशाको रुपमा अङ्गालेर धेरै महिलाहरु स्ववलम्बी बनेकोे बताउदँै यसलाई स्थानिय सरकार सङ्ग सहयोग र साझेदारीमा जोड्ने कार्यक्रम अघि बढाएको जानकारी दिईन् । उनले कार्यन्वयनको लागि सहयोग गर्न आग्रग गर्दै सवै व्यवसायलाई स्थानिय सरकारको मातहतमा रहने वातावरण बनाउन नीति कार्यक्रम नै बनाएर लागि परेको बताईन् । तालिम तालिममा मात्र सिमित नराख्ने र सवै तालिममा एउटै व्यक्ती सहभागी नहुन पनि सुझाव दिईन् ।
कार्यक्रममा कार्यपालिका सदस्य सानुमाया गुरुङ्ग, वडा सदस्य, पत्रकार महासङ्गका अध्यक्ष जीवन श्रेष्ठ, नगर महिला सन्जालको उपाध्यक्ष रिना श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box