जनतापत्र, सिन्धुपाल्चोक ।
एमाले महासचिव शंकर पोखरलेले एमाले र माओवादीबीच सरकारको नेतृत्व गर्नेबारे र कार्यकाल कति हुने भन्नेबारे गृहकार्य भईरहेको बताए । उनले हाल प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरी अघि बढ्ने समझदारी भएको बताएका छन् ।
हाल सरकारको नेतृत्व गरिरहेकाले अर्को कार्यकालबारे समझदारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइ छ ।
पोखरेलले भने ‘हाल प्रचण्डजीकै नेतृत्वमा सरकारमा हामी जाने समझदारी भएको छ,’ उनले इकान्तिपुरसँग भने, ‘दुई पार्टीले कति–कति समय सरकारको नेतृत्व गर्नेबारे गृहकार्य भइरहेको छ ।’ उनि नयाँ गठबन्धन बनाउने कार्यदलमा थिए ।
हाल दाहालकै नेतृत्वमा सरकारमा गएर अघि बढ्ने निर्णय गरको थियो । माओवादीका एक नेताका अनुसार एमाले माओवादी गठबन्धन बनेकै दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल र ओलीबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने मौखिक समझदारी भएको छ ।
माओवादीका एक वरिष्ठ नेताले ‘नयाँ गठबन्धन बनेको मितिदेखि आधा–आधा कार्यकाल दुई पार्टी सरकारको नेतृत्व हुनेछ,’ ती नेताको भनाइ छ, ‘०८४ को निर्वाचनसम्म सहकार्य गर्ने समझदारी छ ।’ यसरी हिसाब गर्दा दाहालले अझै करिब डेढ वर्ष सरकारको नेतृत्व गर्ने र बाँकी कार्यकाल ओलीले गर्नेछन् ।

Facebook Comments Box