जनतापत्र, चौतारा ।
यहि मिति २०८० चैत १ गते देखि १३ गते सम्म सिन्धु कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०८० हुने भएको छ । यो महोत्सव सिन्धुपाल्चोक को सदरमुकाम चौतारा टुडिखेलमा हुन लागेको हो । उक्त महोत्सव कार्यक्रम चौतारा सांगाचोक गढि नगरपालिका र १४ वोटै वडा कार्यलय, सिन्धुपाल्चोक का १२ ओटै पालिका नगरपालिका, निर्माण ब्यवसाहि, विभिन्न मिडिया , उध्योग बाणिज्य संग सिन्धुपाल्चोक, राष्ट्रिय सङ्गीत कर्मि सिन्धुपाल्चोक लागयत धेरै संस्था को समोन्वयमा हुन लागेको हो । महोत्सवमा कृषि ब्यापार, पर्यटनका साथै धार्मिक स्थलको समेत मनोरञ्जन लिन सकिने छ ।
राष्ट्रिय सङ्गीत कर्मि संघ सिन्धुपाल्चोकका अध्यक्ष ईश्वर सापकोटाले कार्यक्रम मा कृषि उपजहरूको प्रदर्शन र बिक्रि रमाइलो खेलहरू हुने तथा राष्ट्रिय र स्थानिय ख्यातिप्राप्त विभिन्न झाँक्रिहरू सहित कलाकार को बेजोड प्रस्तुति हुने जानकारी दिएका छन् ।

Facebook Comments Box