जनतापत्र, चौतारा ।
प्राकृतिक प्रकोप बाढीबाट प्रभावित सिन्धुपाल्चोकको अग्रणी शैक्षिक संस्था सरस्वती माध्यमिक विद्यालय ग्याल्थुम संरक्षणका लागी अरुणिमा परोपकार प्रतिष्ठान काठमाडौले आर्थिक सहयोग गरेको छ । अरुणिमा परोपकार प्रतिष्ठानले विद्यालयलाई ३ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मन्त्री एवम् अरुणिमा परोपकार प्रतिष्ठानका सदस्य शेरबहादुर तामाङले आफुले पढेको विद्यालयमा अहिले अरुणिमा संग जोडिएर सहयोग गर्न पाउदा खुशी लागेको बताउदैँ विद्यालय र बजार संरक्षणको लागी आफु सक्रिय ढंगले लाग्ने प्रतिबद्धता जनाए । उनले यो क्षेत्रको संरक्षण गर्ने,जोगाउने आफ्नो जिम्मेवारी र दायित्व भएकाले सबै संग समन्वय गर्दै अगाडी बढ्ने बताए । तामाङले यो मुलुकको समृद्धिको लागी सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउदैँ विद्यार्थी हरुलाई असल मान्छे बन्नलाई आग्रह गरे ।
अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले आफुले अध्ययन गरेको विद्यालयमा प्रतिष्ठान मार्फत ३ लाख १ हजार सहयोग हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताए । बरिस्ठ साहित्यकार तथा पत्रकार बिजय चालिसेले एउटा शैक्षिक संस्थाले अर्को शैक्षिक संस्थामा परेको अफ्ट्यारोमा गरेको सहयोगको प्रशंसा गरे । कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक इश्वरीप्रसाद लामिछानेले अरुणिमाको बारेमा जानकारी दिदै बाढीले बनाएको बिकराल स्थिति बाट माथी उठ्नका लागी सहयोग गरिएको बताए । लामिछानेले शैक्षिक तथा अन्य गतिविधिहरु निरन्तर समन्वय गर्ने कुरामा आफु सकारात्मक रहेको बताए ।

Facebook Comments Box