जनतापत्र । चौतारा
जुगल बोर्डिङ स्कुलको ३४ औं वार्षिकोत्सवको अवसरमा कलाकार जितु नेपालसहित तीन जना सम्मानित भएका छन् । उक्त कार्यक्रममा कलकार जितु नेपाल, साहित्यकार डम्बर रसिक, भारती र समाजसेवी तथा शैक्षिक अभियन्ता जमुना दंगाल घोरासैनी सम्मानित भएका हुन् । सम्मान समितिका संयोजक किशोर बुढाथोकीले नेपाल जुगल कला सम्मान, रसिक जुगल साहित्य सम्मान र जमुना जुगल शिक्षा तथा समाजसेवी सम्मानबाट सम्मानित भएको जानकारी दिए । उनीहरूलाई समाज विकासमा आआफ्नो विषयगत क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै विद्यालयले सम्मान गरेको हो । उनीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले सम्मानपत्र प्रदान गर्नुभयो ।
नेपाली कला क्षेत्रमा मुन्द्रेको नामले परिचित कलाकार जितु नेपाल लामो समयदेखि विभिन्न हास्य टेलिश्रृंखला, चलचित्र, कमेडी कार्यक्रम मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गरिरहेका छन् । साहित्यकार डम्बर रसिक साहित्यिक पत्रकारिता लगायत सिन्धुपाल्चोकको साहित्यलाई उचाईमा पुर्याउन विभिन्न अभियान र कार्यक्रमहरूमा क्रियाशील छन् । त्यस्तै ७६ वर्षिया जमुना दंगाल आफूले कहिल्यै बिद्यालय नटेकेपनि शिक्षा विकासका लागि सामाजिक सुरक्षा कोषबाट आएको रकमबाट कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका थिए । उनले आफ्नो भत्ताबाट शैक्षिक विकासका लागि ज्ञानमन्दिर नमुना माविका लागि तीन लाख २ हजार ५ सय रूपैयाँको कोष स्थापना गरेकाले सम्मान गरिएको हो ।

Facebook Comments Box