जनतापत्र, चौतारा ।
नेपाल विद्यार्थी संघले देशभरका स्थानीय तहमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेविसंघले ५५औँ स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझावसहित ज्ञापनपत्र बुझाएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मेलम्ची नगर उपप्रमुख उमा प्रधानलाई नेविसंघका केन्द्रीय सदस्य द्धय नारायाण पाण्डे र निश्चल गिरी लगायत विद्यार्थीले ज्ञापनपत्र बुझाउद,ैँ विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट बृद्धि गर्नुपर्ने लगायका माग राखेका छन् ।
देशभरकै ७५३ वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाइएका नेविसंघ केन्द्रीय सदस्य निश्चल गिरीले जानकारी दिए । विद्यालयमा कार्यरत कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिकभन्दा कम नहुने गरि भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुपर्नेलगायत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । १७ बुँदे मागपत्रमा प्रविधिमार्फत् बालबालिकामाथि हुने उत्पीडन एवं दूव्र्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुव्र्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।
उपप्रमुख उमा प्रधानले ज्ञापनपत्र बुझ्दै स्थानिय तहले मात्र चाहेर विद्यार्थीको समस्या समाधान गर्न नसक्ने भन्दै शिक्षा केन्द्रीय सरकारले यस बारेमा चासो दिनुपर्ने बताउदैँ आगामी दिनमा पनि सिर्जनात्मक सुझावका लागि ध्यानाकर्षण गराउने र उल्लेखीत बुँदा कार्यान्वयनका लागी स्थानिय तहले पहल गर्नुपर्ने ठाउँमा सधै साथ र सहयोग रहने प्रतिबद्धता जनाईन् ।

Facebook Comments Box