जनतापत्र , त्रिपूरा शुन्दरी ।
त्रिपुरासुन्दरी गाउँपालिका – ५, पिस्करमा जन्ति बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ५५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् । अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिएका छन ।

दोलखा जिल्लाबाट पिस्कर आउदै गरेको बा. ४ ख. ५६१६ नं. को जन्ति बोकेको बस आफै अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो ।

५५ जना घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ 

Facebook Comments Box