रन्जना श्रेष्ठ, चौतारा ।

पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेहरुको टुँगो नलगाउँदासम्म जिल्ला अधिवेशन नगर्न नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले माग गरेको छ ।
बुधवार नयाँ आवेदन दिएका र पुराना सदस्य समेत सबैको टुँगो लगाएर मात्र महासंघको साधारणसभा गर्न माग गर्दै युनियनले महासंघले चालेका हरेक गतिविधिमा सहकार्य गर्न आफू तयार भएपनि सदस्यताको विषय टुँग्याएर साधारणसभा र अधिवेशनको माग गरी पत्रकार महासंघले जिल्ला शाखामा ज्ञापनपत्र बुझाएको हो । महासंघका अध्यक्ष जिवनप्रसाद श्रेष्ठसँग भेट गरी प्रेस युनियनका शाखा अध्यक्ष किशोर बुढाथोकी सहितको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।

‘जिल्लामा रहेका सञ्चारमाध्यममा श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, पारिश्रमिकको नियमित भुक्तानी, न्यूनतम पारिश्रमिक वृद्धि, पेशागत सुरक्षा, सामानिक सुरक्षाको ध्यान दिन पनि अनुरोध गर्दै –ज्ञापनपत्रमा भनिएको छ ‘पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको सदस्यता टुंगो नलगाई अधिवेशन सम्बन्धी कुनै पनि गतिविधि अगाडि नबढाउन अनुरोध छ ।’
महासंघले गरेको सदस्यता शुद्धिकरण अभियानले अहिले पूणर्ता नपाएको र सिन्धुपाल्चोक शाखाको हकमा पुरानो सदस्य को रहने, को नरहने भन्ने अझै अन्योल छ ।

Facebook Comments Box