जनतापत्र, मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नं ४ पिप्ले मा रहेको मंगोल पशुपालन तथा कृषि फर्ममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक राजेन्द्र थापामगरले रातको अन्दाजी २ बजे विशाल तामाङको फर्ममा आगलागी भएको जानकारी दिएका छन् ।
२ तल्ले काठ र जस्ताको फर्ममा आगलागी हुँदा त्यहाँ रहेको एउटा भैंसी मरेको छ । २ भैंसी र १ पाडा गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएका छन् । आगलागी हुँदा धनमाल र पशु चौपाया लगायत पुर्ण क्षती भएको स्थानिय सिर्जना घिमिरेले बताईन् ।
स्थानियहरुले मध्यपहाडी लोकमार्गका कर्मचारी, APF र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरि मानविय तथा थप क्षती हुन बाट जोगिएकोे बताएका छन । प्रहरीले करेन्ट सर्ट भइ आगलागी भएकोे अनुमान गरेका छन् । आगलागी बाट भएको क्षतिको थप विवरण संकलन गर्ने क्रम जारी रहेको प्रहरीको बताएका छन् ।

Facebook Comments Box