रन्जना श्रेष्ठ, मेलम्ची ।
“दिगो शान्तीको लागी समुन्नत समाज” भन्ने नारा सहित मेलम्ची नगरपालिकाको आयोजना,सामुदायिक मेलमिलाप केन्द्रको समन्वय र प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहजिकरणमा मेलम्चीमा मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम समापन भएको छ ।
मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले तालिममा नेपालको ७५३ स्थानिय तहमध्ये पहिलो मेलम्चीमा भएको जानकारी दिईन् । न्यायीक समितिको संयोजक रहनुभएको प्रधानले अन्य जिल्ला तथा स्थानियतहहरुमा यस्ता तालिम हुने गरेको भएपनि यो लेभलको तालिम दिने भने स्थानिय तहमध्येको मेलम्ची पहिलो स्थानिय तह भएको बताईन् ।
कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिमा बाट प्राप्त गरेका ज्ञान हरुलाई समुदाय स्तरमा पुगेर प्रशिक्षण दिनुपर्ने बताए ।प्रशिक्षार्थी बाट प्रशिक्षक भएकोमा बधाई दिदै अन्यत्र गएर प्रशिक्षण दिने गरि योजनाबद्ध भएर अगाडि बढ्न नगर प्रमुख तामाङले आग्रह गरे । उनले सिकेको कुरा सिकायो भनेमात्र ज्ञान बढ्ने भएकाले घरमा गएर प्रमाणपत्र थन्क्याएर नबस्न समेत सुझाए । प्रमुख अतिथि रहनुभएका तामाङले आगामी दिनमा आवश्यक पर्ने यस्ताखाले तालिमको लागी नगरले बजेट ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउदैँ कानुन मिचेर कुनैपनि क्रियाकलाप नगर्ने बताए ।
स्थानीय तह मध्ये मेलम्ची नगरपालिका मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम दिनेमा पहिलो स्थानीय तह भएको मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले दावी गरिन् । तालिम संचालनको लागी देखापरेका चुनौतीको स्मरण गर्दै देखिएका अफ्ट्यारा परिस्थितिको सामना गरेको उनले बताईन् । उपप्रमुख प्रधानले कम्तीमा ब्याचलर सकिएका मात्र प्रशिक्षक बन्ने कानुन बनेकाले सहभागी छनोट गर्न समस्या भएको सुनाउदैँ प्राप्त गरेको प्रमाणपत्रले आगामी दिनमा काम गर्न थप सहज हुने बताईन् ।
ज्ञान हासिल गरिसकेपछि समुदाय स्तरमा लागु गर्न कार्यक्रमका प्रशिक्षक दिपक भट्टले आग्रह गरे । ज्ञान भनेको जति बाढ्यो त्यति बढ्ने भएकाले तालिमबाट पाएको बिउलाई समुदायमा गएर छर्न आग्रह गरे ।
मेलम्ची नगरपालिकाका न्यायीक समिति सहजकर्ता अस्मिता अर्यालले तालिमको चुपबहादुर थापा,दिपक भट्ट,रिता मानन्धर लगायतले सहजिकरण गरेको जानकारी दिईन् ।

Facebook Comments Box