काठमाण्डौं । सामुदायिक मेलमिलापकर्ता समाज (सिएमएस) नेपालको चौथो केन्द्रीय महाधिवेशन चैत्र ८ र ९ गते काठमाण्डौंमा भएको छ । सो अधिवेशनमा सिन्धुपाल्चोकका टिका सुवेदी केन्द्रीय सदस्यमा चयन भएका छन् । सो महाधिवेशनले नयनभक्त श्रेष्ठको अध्यक्षतामा १८ जनाको कार्यसमिति निर्वाचित गरेको हो ।

महाधिवेशनको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले उद्घाटन गरेका थिए । सिएमएस नेपालका अध्यक्ष शोभा बस्नेतको अध्यक्षतामा भएको उद्घाटन सत्रमा महासचिव नयनभक्त श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष यज्ञ प्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशनले आगामी २ बर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । सामुदायिक मेलमिलापकर्ताहरुको छाता सङ्गठनको रुपमा रहेको सिएमएस नेपालले मेलमिलाप सम्बन्धि नीतिगत रुपमा वकालत तथा सैद्धान्तिक विषयबस्तुमा क्षमता अभिबृद्धि लगायका काम गर्दै आईरहेको छ ।

Facebook Comments Box