जनतापत्र, मेलम्ची ।
मेलम्ची नगरपालिका १२को नाम्डोललिङ एकीकृत वस्तिको जग्गा ब्यब्स्थापन सम्बन्धि द्वन्द्वको विकल्प पारितको सयुक्त बैठक सम्पन्न भएको छ । माकुरा समुहको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र , नेपालको सहजीकरणमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर) को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्दै यस वस्तीका नागरिककको घरपुर्जा दिलाउनको लागि आफुले सक्दो सहयोग गर्ने वताए । लामो समय देखि यस वस्ती निर्माणका सन्दर्भमा रहेको विवादलाई प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र , नेपाल र माकुरा समुहले मिलाएको प्रति आभार व्यक्त गरे ।
कार्यक्रममा मेलम्ची –१२ का वडा अध्यक्ष गणेश तामाङले वस्तीको विकास र व्यवस्थापनमा सधैं सकरात्मक ढंगले लागिरहेको बताए । बस्ती त एकिकृत थियो अहिले देखि मन पनि एकिकृत भएको उनले बताए । सो कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र , नेपालको राष्ट्रिय स्रोत व्याक्ति नेत्रप्रसाद धितालले संस्थाको अभियान र एकिकृत वस्तीको सवाल र विकल्पका सन्दर्भमा चर्चा गरे ।
कार्यक्रम माकुरा समुहका संयोजक उमा मोक्तान र संचालन मोहन तामाङले गरेका थिए ।

Facebook Comments Box