रन्जना श्रेष्ठ, मेलम्ची ।

स्तुपा सामुदायिक अस्पताल काठमाडौंको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ को आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन । शनिबार दुवाचौरमा आयोजित स्वास्थ्य शिविर गरिएको हो ।
दुवाचौर स्वास्थ्य चौकीका प्रमुख रमिता लामाले स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्त्री रोग सम्बन्धि सेवा , निःशुल्क औषधि वितरण सेवा, सामान्य चिरफार सेवा , सामान्य चिकित्सा सेवा र महिलाहरुको पाठेघरको मुखको क्यान्सर ,स्तन क्यान्सर आङ खस्ने तथा फिस्टुला रोगको परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको जानकारी दिईन् । अस्पतालका प्रसाशन शाखाका प्रह्लाद लामाले थप उपचार गर्नुपर्नेलाई स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी काठमाडौंमा उपचार र औषधिमा बिशेष छुट गरिने जानकारी दिए ।
टोल टोलमै विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य सेवा पुर्याउन नगरपालिका लागि परेको प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए । बिशेष अतिथि उपप्रमुख उमा प्रधानले महिलाहरुले आफुमा भएको स्वास्थ्य समस्या निर्धक्क भएर राख्न आग्रह गरिन् ।
कार्यक्रममा समाजसेवी डा कृष्ण सुवेदी, मेलम्ची नगरपालिका वडा नम्बर ७ का पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, वडा सदस्यहरु श्रीकृष्ण श्रेष्ठ,सलिना श्रेष्ठ ,टकबहादुर घले, पुर्व गाविस अध्यक्ष अर्जुन गिरी , उपाध्यक्ष ग्याल्जेन दोङ लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box