काठमाडौं– क्यान्सर एउटा यस्तो रोग हो जो शरीरको कुनै पनि भागमा एक नयाँ, अनियन्त्रित तथा लगातार बढिराख्ने असामान्य कोषहरूको समूहलाई प्रतिनिधित्व गर्दछ र यो शरीरको लागि खतरनाक हुन्छ । क्यान्सर कोषहरू शरीरको सामान्य कोषहरूभन्दा भिन्दै खालको हुन्छ । कोषहरूको आकार, नाप र भित्री बनावट फरक–फरक हुन्छ।

क्यान्सर आफू नजिकका तन्तुहरूलाई असर पार्नुको साथै शरीरको अरु भागमा पनि फैलिन सक्छ । क्यान्सर सरूवा रोग होइन । क्यान्सर जसलाई पनि हुन सक्ने रोग हो । धनी, गरिब, अनपढ, पढेलेखेको, गाँउ–शहर, तराई÷पहाडमा बस्ने मान्छेमा हुन सक्छ । क्यान्सरलाई साधारणतया मासु पलाएको र रगतको क्यान्सर भनेर दुई भागमा बाँड्न सकिन्छ।

क्यान्सर १०० भन्दा बढी किसिमका हुन्छन् । क्यान्सर रोगको विस्तृत अध्ययन गरिने चिकित्सा विज्ञानलाई अन्कोलोजी भनिन्छ । क्यान्सरको बनावट तथा व्यवहार गंगटोसँग मिल्ने भएको हुनाले क्यान्सरलाई प्रायः गंगटो भनेर बुझिन्छ । गंगटो एकदमै कडा तथा खस्रो बनावटको हुन्छ । एकचोटी गंगटोले समाए पछि छुट्याउन गाह्रो हुन्छ । क्यान्सर भएको गाँठो साह्रो तथा नजिकै तन्तुसँग टांसिएको हुन्छ।

ग्रिक फिजिसियन हिप्पोक्रेट (४६०–३७० बीसी, जसलाई चिकित्सा विज्ञानका पिता भनिन्छ)ले यो शब्दको सिर्जना गरेका हुन्छन्। अल्सर नगराउने र गराउने ट्युमरको व्याख्या गर्न कार्सिनोस र कार्सिनोमा शब्दको प्रयोग गरे।

ग्रीकमा यी शब्दहरूले गंगटो बुझाउँछन्। ल्याटिन शब्द क्र्याबलाई रोमन फिजिसियन सेल्ससले ग्रिक शब्दावली क्यान्सरमा अनुवाद गरे। अर्का ग्रिक चिकित्सक ग्यालेनले ट्युमरलाई बुझाउन अन्कोस (ग्रिकमा सुन्निनु) शब्दको प्रयोग गरे। जसबाट अहिले अन्कोलोजी, अन्कोलोजिस्ट जस्ता शब्दावली बनेका छन्।
स्वास्थ्य खबरबाट…..

Facebook Comments Box