रन्जना श्रेष्ठ, बलेफी ।

गत ४ गतेदेखि हराएका सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. २ का वीर बहादुर विकको शब मंगलबार झोलुङ्गेमा फेला परेको छ ।
सशस्त्र प्रहरी गण नं. १६ बन्देउका सशस्त्र प्रहरी निरीक्षक केदार क्षेत्रीको नेतृत्वमा खटेको २० जना टोली र काठमाडौंबाट आएका ७ जना गोताखोर टोली घट्ना स्थलमा खटिएका थिए । सशस्त्र प्रहरी र गोताखोर टोलीले ब्रम्हायणी नदिबाट शब निकालेर सनाखत गरेको हो ।
उक्त बीर बहादुरको शब बलेफी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष छविलाल न्यौपानेको रोहवरमा परिवारलाई बुझाएको छ ।

Facebook Comments Box