रन्जना श्रेष्ठ, मेलम्ची ।

मेलम्ची नगरपालिका वडा नंं. ११ को मेलम्ची कम्युनिटी मावि र कुमारी कलेज काठमाडौंको आयोजनामा एस इ इ को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि एस इ इ उत्प्रेरणा कार्यक्रम गरिएको छ । बुधबार भएको उक्त कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी मावि, प्रगती मावि, इन्द्रेश्वरी मावि, सितला देवि मावि, जालपादेवी मावि र जवलवाइ देवि माविका २०० भन्दा बढि विद्यार्थीहरु सहभागी रहेका थिए ।
कार्यक्रममा विज्ञान र गणित बिषय बिज्ञ जेपि श्रीवास्तवले विज्ञान र रमेशप्रसाद अवस्थीले गणित विषयको पाठ्यक्रम प्रवोधिकरण गर्नका लागि सहजीकरण गरेका थिए ।
मेलम्ची कम्युनिटी माध्यािक विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले एस इ इ को अन्तिम तयारीमा रहेका विद्यार्थीलाई सहजताको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
यस प्रकारको भव्य कार्यक्रमले विद्यार्थीलाई सहयोग पुग्ने बताउदै इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले आयोजकलाई धन्यवाद ज्ञापन गरिन् ।

Facebook Comments Box