जनतापत्र, बाह्रबिसे ।

बाह्रबिसेमा सिन्धुपाल्चोक उद्योग वानिज्य संघको आज मतदान भइरहेको छ । निर्वाचन अधिकृत भिमप्रसाद पौडेलले विहान १० बजेबाट सुरु भएको निर्वाचनमा ३ सय भन्दाबढी मत खसेका जानकारी दिए । संघको निर्वाचनमा जम्मा २५ सय ६५ जना मतदाता संख्या रहेका छन् ।
शुक्रबारबाट उद्योगी, व्यापारी व्यवसायीहरूको छातासंगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औ साधारणसभा तथा ११ औ अधिवेशनको सुरु भएको हो । संघको एघारौं अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारीहरु बुद्वराज बस्नेत, सुमन खत्री र शम्भुबहादुर तिमिल्सिना प्रतिस्पर्धामा रहेका छन् ।

यसअघि मनोनयन दर्ताका क्रममा ४ पदाधिकारी तथा २ जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत ९राजेन्द्र०, तृतीय उपाध्यक्ष विचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आज बाकी ४० जना मतदान प्रक्रियाबाट निर्वाचित हुनेछ । वरिष्ठ उपाध्यक्ष पदमा उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्कीको उम्मेदवारी रहेको छ । द्वितीय उपाध्यक्ष पदमा ईन्द्रबहादर राउत र राजेश श्रेष्ठ उम्मेदवार छन भने सचीव पदका लागि तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठको उम्मेदवारी रहेको छ । महिला कोटा बाहेक १५ खुला सदस्य पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन ।

बाह्रबिसेमा जारी रहेको मतदान केन्द्र बाहिर समर्थकहरुले आफ्नो उम्मेदवारलाइ जिताउन उम्मेदवारका फोटो, ब्यानर, पर्चा र कार्ड देखाउदै मतदाताहरुसंग मत मागीरहेका छन । मतदानस्थलमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् भने मतदानमा खटिएका कर्मचारी तथा स्वयंसेवकले मतदाताको कार्ड वितरण गर्ने र चेकजाँचको कार्य गरिरहेका छन् ।

Facebook Comments Box