रन्जना श्रेष्ठ, मेलम्ची ।


भोटेचौरमा लघु उद्मम विकास कार्यक्रम अन्तर्गत सीप विकासका लागि ४५ दिने गलैंचा बुनाई र बुटिक तालिम सुरु भएको छ । “सीप सिकौं, स्वरोजगार बनौ“ भन्ने मुल उद्देश्यका साथ गरिबी निवारणका लागि उक्त तालिम सुरु भएको हो ।
मेलम्ची नगरपालिकाको आयोजनामा सुरु गरिएको तालिमको प्रमुख अतिथी मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बुधबार उद्घाटन गर्दै आयाअर्जन वृद्धिका लागि नगरपालिकाले विभिन्न तालिम सञ्चालन गरेको बताए । २० जना सहभागीता रहेको कार्यक्रमको सहजिकरण बुटिकको लागि फुलमाया तामाङ,चमेली विक र गलैचाको लागि मिठु लामिघातेले गर्नेछन् ।

Facebook Comments Box