रन्जना श्रेष्ठ, चौतारा ।

विभिन्न सिपमुलक तालिमका लागि प्रदेश युवा परिषद वाग्मतिले आवेदन फारम खुल्ला गरेको छ । विभिन्न किसिमका सीपमुलक तालिमका लागि वाग्मति प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, वागमति प्रदेश युवा परीषद,जिल्ला युवा समिति सिन्धुपाल्चोकले आवेदन फारम खुल्ला गरेको हो ।


प्रदेश युवा स्वयम सेवक रुपक दुलालले वेरोजगार युवा जनसक्तिलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सृजना गर्न युवाहरुलाई लक्षित गरी आवेदन फारम खुल्ला गरेको जानकारी दिए । दुलालले इमेल इन्टरनेटको पहँुच नपुगेको ठाउँबाट समितिले तोकेको फारममा आफ्नो व्यत्तिगत विवरण भरी आवस्यक कागजात सहित एक हप्ता भित्र सदरमुकाम चौतारा स्थित जिल्ला युवा समिति सिन्धुपाल्चोकको कार्यालयमा फारम बझाउनुपर्ने बताएका छन् ।
फारम समितिको कार्यालयबाट उपलब्ध हुनेछ । वागमति प्रदेशका १३ वटै जिल्लाहरुमा तालिम निशुल्क सन्चालन हुनेछ ।

Facebook Comments Box