रन्जना श्रेष्ठ, चौतारा ।


नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले पत्रकारितामा स्नातकोत्तर गर्ने आफ्ना १० जना शाखा सदस्यहरुलाई सम्मान गर्ने भएको छ । जिल्लाका सञ्चारकर्मीहरुको लागि क्षमता अभिवृद्धि, वृत्ति विकास, लेखनवृत्ति लगायतका काम गर्दै आएको महासंघले शाखाको २९ औं साधारणसभा एवम् १२ अधिवेशनको अवसरमा सम्मान गर्न लागेको हो ।

महासंघका अध्यक्ष जीवन श्रेष्ठले पत्रकारितामा नै स्नातकोत्तर अध्ययन गर्दै गरेका सञ्चारकर्मीहरुका लागि छात्रवृत्ति उपलव्ध गराउँदै आएको र महासंघले पत्रकारितामा स्नातकोत्तर गरिसकेकाहरुलाई भने गर्व स्वरुप सम्मान गर्न लागेकोे बताए । उनले पूर्व अध्यक्ष ऋषिराम पौडेल, उद्धव थापा, दिनेश थापा, डम्बर रसिक भारती, नेत्र तामाङ, कला अनुरागी, ध्रुव दंगाल, शर्मिला ठकुरी, दुर्गा आचार्य, सिताराम कोइराला, सम्मानित भएको जानकारी दिएका छन् ।

पत्रकार महासंघ सिन्धुपाल्चोले यसअघि सुकुटेमा सम्पन्न साधारणसभामा नियमित पुरस्कार र सम्मान प्रदान गरिसकेको र यो थप एवम् नयाँ सम्मान भएको जनाएको छ । यो संगै महासंघको संस्थागत विकासमा टेवा पु¥याउने अन्य व्यक्तिको पनि सम्मान गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्ला केन्द्रीय निर्देशन बमोजिम बागमति प्रदेशकाका १० जिल्लामध्ये अधिवेशन गर्ने पहिलो जिल्ला भएको छ । सचिव विदुर आचार्यले बैशाख १४ गते चौतारामा हुन लागेको अधिवेशनको संपूर्ण तयारी भइसकेको जानकारी दिएका छन् ।

Facebook Comments Box