रन्जना श्रेष्ठ, भोटेकोशी ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले १०० जना युवाहरुलाई कफि बनाउने सीप प्रदान गर्न थालेको छ । गाउँपालिकाले युवाहरुलाई बैशाख ६ गतेबाट रिस्त्रटो बरिस्ता कफि स्कुल प्रालिले २५ दिनसम्म तालिम दिनेछ ।
गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बैशाख ६ गतेबाट शुरु भएको पहिलो चरणको तालिममा ५० जना युवा सहभागी भएका छन् भने यो तालिम सकिएपछि दोस्रो चरणमा पनि ५० जना युवा नै सहभागी भएर कुल १ सय जना युवाले सीप सिकेर दक्ष बन्ने बताए ।
गाउँपालिकाले तालिमको लागि शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद शाखा मार्फत ८ लाख रुपैयाँ लगानी गर्नेछ ।

Facebook Comments Box