जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक समृद्धिको आधार , शिक्षा, कृषि, पर्यटन र पूर्वाधार भन्ने मुल नाराका साथ सिन्धु कृषि ,व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव बिहीबार देखि चौतारामा सुरु भएको छ । बागमती प्रदेश सदस्य सरल सहयात्री पौडेलद्वार उद्घाटन भएको उक्त महोत्सव चैत १३ गते सम्म चल्ने छ ।
व्यवस्थापक रोशन श्रेष्ठले राष्ट्रिय संगितकर्मी संघ सिन्धुपाल्चोकको आयोजनामा भएको महोत्सवमा विभिन्न पालिकाको कृषि तथा घरेलु उत्पादनको स्टल रहने बताए । उद्घाटनको अवसरमा चौताराको कृष्ण मन्दिरवाट सुरु भएको धिमे बाजा, खैजेडी भजन लगाएको सास्कृतिक झाँकीले बजार परिक्रमा गरेको थियो ।
राष्ट्रिय संघितकर्मी संघका जिल्ला अध्यक्ष ईश्वर सापकोटाले उद्घाटनको अबसरमा धिमेवाजा, खैजेडी भजन बाट सुरु भएको महोत्सवको १३ दिन सम्म विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति हुने बताए ।
महोत्सव कृषि, पर्यटन र साँस्कृतिक मनोरञ्जनको संगम बन्न सक्नु पर्ने बताउँदै यस्ता खालका महोत्सवले जिल्लाको कला, संस्कृतिको उजागर गर्ने बिश्वास प्रमुख अतिथि सरल सहयात्री पौडेलले ब्यक्त गरे । उनको जिल्लाको विकास निर्माण र समग्र गतिविधिलाई लिएर बिस्तृत छलफल गरि सर्वपक्षीय धारणा बनाउने उद्देश्यले वार्षिक रुपमा महोत्सवको आयोजना गरिनुपर्ने धारणा थियो।
महोत्सवको पहिलो दिन कलाकार सानू के.सी, लक्ष्मी दर्नाल, भिमसेन खतिवडा , कुमार चालिसे लगाएतकाले लोक तथा दोहोरी प्रस्तुति दिएका थिए ।

Facebook Comments Box