जनतापत्र, मेलम्ची
मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय भवन नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै नगर प्रमुख तामाङले राम्रो भवन बनेको भन्दै अब सेवापनि गुणस्तरीय वनाउन आग्रह गरे । हामी सबैको साझा भवन भएकाले यसको संरक्षण गर्नुपर्ने र मुख्य सडक बाट वडा कार्यालय सम्म आउने सडक,वडा कार्यालय अगाडिको वाल लगायत संरचनाको मर्मतका लागी नगरपालिकाबाट सहयोग गर्ने बताए ।
उनले मेलम्ची दुवाचौर शेर्माथाङ र फट्टे धार्ना मोटरबाटोको स्तर उन्नतिको लागी संघीय सरकारलाई पठाएको र यहीँ महिनाको अन्तिम सम्ममा फट्टेमा बन्ने पुलको टेण्डर आह्वान गर्ने बताए ।
नगर प्रमुख तामाङले खानेपानी,सिंचाइ,पर्यटन लगायतका क्षेत्रमा नगरपालिकाले योजना सहित बजेटको ब्यबस्था गर्ने , सामुदायिक भवन,मठमन्दिर,गुम्बा बनाउने कुरामा स्थानीयको आवश्यकता अनुसार विकास गर्दै समृद्ध बनाउने बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर २ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा,मेलम्ची ७ का निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायतले मन्तव्य राखेका थिऐ भने वडा सदस्य श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य गरेका थिए ।
वडा कार्यालय उद्घाटन समारोहमा जग्गादाताहरु स्वर्गीय बिष्णुप्रसाद सुवेदी,ढाटोदत्त सुवेदी,लिलानाथ सुवेदीका परिवार र भिमबहादुर श्रेष्ठ लगायत लाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै इन्जिनियर राजु दंगाल,सब इन्जिनियर सन्तोष थापा,पुर्व कर्मचारीहरु ईश्वरी तिमल्सिना ,भुपेन्द्र कुलुङ र कृष्ण ढुंगानालाई सम्मान गरिएको थियो ।

Facebook Comments Box