रन्जना श्रेष्ठ, हेलम्बु ।

नेपाल रेडक्रस सोसाईटी ग्याल्थुम उपशाखाको ८ औं वार्षिक साधारणसभाबाट खिलप्रसाद लामिछाने सभापतिमा निर्वाचित भएका छन् । मंगलबार हेलम्बु गाँउपालिका २ किउलमा सम्पन्न भएको साधारणसभाबाट उपसभापति लक्ष्मी सुनार, कोषाध्यक्ष श्याम सुन्दर लामिछाने, उप कोषाध्यक्ष उमेश ज्योती, सचिव बोधविक्रम पण्डित, सह—सचिव झलक प्रसाद लामिछाने, सदस्यहरु सिता क्षेत्री लामिछाने,योगबहादुर पण्डित, खामसुङ लामा, आसाराम तामाङ, कृष्णबहादुर थापा निर्वाचित भएका छन् ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक सभापति राजेन्द्रमान ताल्चाभँडेलले उनिहरुलाई प्रमाणपत्र प्रदान गर्दै विपदको अवस्था र अन्य समयमा पनि सक्रिय भएर लाग्न आग्रह गरे ।

Facebook Comments Box