रन्जना श्रेष्ठ, मेलम्ची ।
बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङल गैरिटोलका आगलागी पिडितलाई सहयोग गर्नुभएको छ । बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) ले बुधबार राती करिव ८ बजे घरमा करेन्ट सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा सहित सम्पूर्ण सामाग्री गुमाउनुभएका मेलम्ची –४, थकनीका मुइलामा तामाङको परिवारलाई खाद्यान्न, लताकपडा र भाडाकुडा लगायतका अत्यावश्यक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सांसद तामाङका स्वकीय सचिव बिशाल रावतले सांसद तामाङले घटनास्थलमै पुगेर वडा नम्बर ४ का वडाअध्यक्ष संजीव तामाङ, मेलम्ची–४, कांग्रेस सभापति अमर लामा, ने.बि.सङ्घ सिन्धुपाल्चोकका सचिव दिपेशराज खनाल, अनिश जङ्ग बस्नेत, रमेश काफ्ले सहित स्थानीयबासिहरुको उपस्तिथिमा आगलागी पीडितलाई तत्कालै आवश्यक पर्ने गाँस, बास र आवासका सामाग्री पीडित मुइलामा तामाङलाई हस्तान्तरण गरेको जानकारी दिए । साथै सांसद तामाङले आफ्नो ब्यक्तिगत खर्चमा जस्तापाता खरिद गरी तत्काल बसोबासका लागी स्थानियहरु सँग मिलेर अथाई टहराको निर्माण समेत गरिदिने पनि उनले जानकारी दिए ।

Facebook Comments Box