रन्जना श्रेष्ठ, सुनकोशी ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । तराई–मधेशका विभिन्न जिल्लामा १२ महिना नै सिंचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेको छ ।
आयोजनाले कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थु्र गर्ने अन्तिम तयारी गरिएकोे जनाएको छ ।
कुल १३ दशमलव ३ किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशलव १९० किलोमिटर निर्माण भएको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जनाएका छन् । २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव ३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

Facebook Comments Box