जनतापत्र, चौतारा ।
पेट्रोल लिडर स्काउट तालिम सोमबार सम्पन भएको छ । चैत्र २६ गतेबाट चौतारामा भएका सो तालिममा श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय र जुगल बोर्डिङ हाइ स्कुलका गरी जम्मा ५० जना विद्यार्थीहरुले सहभागी जनाएका थिए ।
स्काउट विद्यार्थीहरुलाई ४ जना राष्ट्रिय प्रशिक्षकहरुद्धारा तालिम दिइएको नेपाल स्काउट बागमती प्रदेश सह प्रमुख आयुक्त मिनादेबी श्रेष्ठले जानकारी दिइन् ।
सो तालिममा विद्यार्थीहरुले मंकी ब्रीज, रुल क्लाइम्बिङ, सन ल्यान्ड गेम र जिप लाइन लगायतका सिप सिकेका छन् । उनिहरुलाई तालिमको प्रमाणपत्र प्रदान गरीएको छ ।
कार्यक्रममा प्रमुख अतिथी तथा चौसाँगढी नगरपालिका वडा नम्वर ५का वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थीहरुको क्षमता विकास र सकारात्मक ब्यवहार परिवर्तन गराउने शिक्षा स्काउटबाट हुने बताएका छन् । उनले विद्यालयमा रहेका स्काउटहरुले ट्राफिकिङ गर्ने, महिला तथा बालबालिका हिंसा मुक्त जनचेतना कार्यक्रम गर्ने र विपद्मा मानवीय साहयता लगायतका काम गर्ने समेत बताए ।
कार्यक्रममा विशेष अथिति वागमति प्रदेश स्काउट प्रमुख आयुक्त शिव कुमार त्वायना रहेका थिए ।
तालिमको समापन विद्यालय इन्चार्ज राजेन्द्र श्रेष्ठले गरेका थिए । सो कार्यक्रमको उद्घाटन, सोही विद्यालयका प्रअ डम्वरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । चौतारा साँगाचोक गढी नगरपालिका वडा ५ को आर्थिक सहयोग तथा कृष्ण रत्न गंगा माबिको आयोजनामा सञ्चालन भएको हो ।

Facebook Comments Box