रन्जना श्रेष्ठ, हेलम्बु ।

हेलम्बु गाउँपालिका वडा नम्बर २ स्याउको गाउँ भनेर चिनिने शेर्माथाङमा प्रतिकुल मौसमका कारण स्याउका बोट मासिँदै गएको छ । बोटहरू सुक्न थालेको कारण अचेल स्याउको बोट भेट्न मुस्किल भएको छ ।
हेलम्बु गाँउपालिका–२ का जाङबु शेर्पाले सेर्माथाङ देखि थुन्चेमा स्याउ बोकेर काठमाडौं पुग्ने गर्थे तर बगैँचामा अहिले स्याउका बोट सुक्दै गएको बताए ।
यस ठाउँको स्याउ स्वदेशी मात्र नभइ विदेशीले पनि किन्ने गर्थे, तर अहिले भने स्याउ खेतीमा समस्या आएपछि यहाँका किसानहरु अरु खेतीको खोजीमा लाग्न थालेका छन् । किसानहरुले ३५ वर्षअघि हुरीले बगैँचा सखाप बनाएपछि स्याउका बोट नपलाएनन् र नयाँ विरुवा रोप्ने गरेपनि विरुवा हुर्किन नपाउदै मर्ने गरेको बताएका छन् ।
गोल्डेन डेलिगेसन, रोयल डेलिगेसन लगायत चार जातको स्याउ उत्पादन हुने हेलम्बुको सेर्माथाङ, छिमी, नाकोते, तार्के घ्याङ स्याउ फल्ने गाउँहरू उराठ लाग्दो देखिन्छन् ।
वि. सं २०४५ सालमा आएको हावाहुरीले स्याउको बगैँचा सखाप बनाएपछि तत्कालीन समयमा देश तथा विदेशमा लोकप्रिय हेलम्बुको स्याउको उत्पादनमा ह्रास आएर हराउँदै गएको हो ।

Facebook Comments Box