रन्जना श्रेष्ठ , चौतारा ।


स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित सामाजिक परिक्षण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको तालिममा सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहका स्वस्थ्य प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईले स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहताको संस्कृति विकास गर्ने उदेश्यले आयोजित तालिमको मंगलबार सम्पन्न भएको जानकारी दिए । सामाजिक परिक्षण कार्यान्वयन रणनीति, संस्थागत व्यवस्था र क्षमता विकास , सामाजिक परिक्षणका चरण र विधि लगायतका विविध विषयमा तालिम प्रदान गरिएको थियो ।
श्री कृष्ण बस्नेत, कृष्णबहादुर गुरुङ,राजु बिक,शोभराज भण्डारी, रामरोशन यादव बिप्लव शाक्य र मनिषा हाडाले प्रशिक्षण तालिम समापन गरे । उक्त कार्यक्रममा चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्रमणी भण्डारीले तालिमबाट हासिल गरेका सीप र ज्ञान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।
स्वास्थ्य जस्तो समवेदनशील विषयमा सामाजिक परिक्षण अतिवाश्यक भएको नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बताए । तालिम पश्चात् स्थानीय स्वास्थ्य संस्थाले स्वास्थ्य सामाजिक परिक्षणलाई कार्यान्वयनमा ल्याउने विश्वास गरिएको छ ।

Facebook Comments Box