जनतापत्र, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोक १० औं जिल्ला अधिवेशनको उद्घाटन आज हुदैं छ । सो पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीले चौताराको टुडिखेलमा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको व्यापक उपस्थीति रहने सो पार्टीका जिल्ला अध्यक्ष कमल नेपालले बताएका छन् ।
अध्यक्ष नेपालले अधिवेशनको तयारी सम्पन्न भएको र प्रतिनीधि छनौटको कार्य पनि पुरा भएको जानकारी दिएका छन् । तीन दिन सम्म चल्ने सो अधिवेशनमा ७ सय ४७ जना प्रतिनीधि रहेको बताइएको छ ।

Facebook Comments Box