डा.डिआर उपाध्याय

देशमा राजनीति परिवर्तन र व्यवस्था परिवर्तन भएको पनि धेरै भइसक्यो तर जनताको अवस्था परिवर्तन हुन सकेन । यो ठूलो समस्याको विषय हो । नागरिकले राष्ट्र र जनताका लागि धेरै त्याग गरेका छन् । आजसम्म, अधिकांश नेपालीहरू अझै पनि आफ्नो आधारभूत आवश्यकताहरू पूरा गर्न संघर्ष गर्दै छन् ।

नेपालमा भारतको परम्परागत रूपमा प्रभावशाली उपस्थितिलाई हालैका वर्षहरूमा चीनको आरोहणले चुनौती दिएको छ । तिब्बतीहरूको डरका कारण, राजनीति, सरकार र न्याय प्रणालीमा भ्रष्टाचारको प्रकोप कायमै छ । अन्य समस्याहरू लैंगिक हिंसा, नाबालिग विवाह, धेरै विवादित मुद्दाहरू अलपत्र अवस्थामा छन् । नेपाली जनताले बहुदलीय प्रजातन्त्रको स्वाद त चाखेका छन्, तर त्यसको प्रभावलाई सर्वव्यापी राजनीतिक. रूपमै महसुस गर्न पाएका छैनन् । सरकार बारम्बार परिवर्तन भयो । विकास नै नहुने भयो वा राजनीतिक अस्थिरता नै विकासको बाधक बनिरहेको छ । समाजमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ । यथार्थ के हो भन्दा, अब हामी पछाडि फर्केर कति हेर्ने ? आज देशमा जति पनि राजनीतिक खिचातानी, दबाब, गुट, प्यानल आदि सिर्जना भइरहेका छन् । नेपालको राजनीतिक अस्थिरता भएको प्रष्ट भन्न सकिने अवस्था छ, जुन आजसम्म भइरहेका छन् । यो गलत कुरा हो ।

राजनीति जनताको लागि नभई नेताहरूको व्यक्तिको लागि मात्र भयो । जनता र राजनीतिकदलको सम्बन्ध सुमधुर हुने अवस्था रहस्यपूर्ण र वाक्कलाग्दो लागे पनि नेपालको परिवर्तन एउटा गतिशीलक्रिया हो । सामाजिक विकास भनेको व्यक्ति तथा समाजको सुखसमृद्धि त्यो वाह्यआर्थिक शक्तिको प्रभाव हो । यसैगरी राजनीतिक अस्थिरता भएकोले उद्योग र व्यापार बन्द भएको धरै समय बित्यो । धेरै राजनीतिक परिवर्तन भए तर जनताले केही पाउन सकेनन् । राजनीतिक गतिविधि आफैँमा मूल्यवान हुन सक्छ, यसले नागरिकहरूलाई सामाजिक र शिक्षित बनाउँछ, र लोकप्रिय सहभागिताले शक्तिशाली अभिजात वर्गहरूलाई जाँच्न सक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, नागरिकहरूले कानुन र नीतिहरू प्रत्यक्ष रूपमा निर्णय नगरेसम्म आफैँ शासन गर्दैनन् । सबै राजनीतिक शक्तिहरू जनतामा निहित हुन्छ, र सरकारहरूले शासितहरूको सहमतिबाट आफ्ना न्यायिक शक्तिहरू प्राप्त गर्छन्, र व्यक्तिगत अधिकारहरूको संरक्षण र संरक्षण गर्न स्थापित हुन्छन् । सामाजिक परिवर्तनका प्रमुख स्रोतहरू जनसंख्या वृद्धि र संरचना, संस्कृति र प्रविधि, प्राकृतिक वातावरण, र सामाजिक संघर्ष समावेश छन् । सांस्कृतिक ढिलाइले समाजको अर्को क्षेत्रमा परिवर्तनको प्रतिक्रियामा समाजको एक क्षेत्रमा ढिलाइ भएको परिवर्तनलाई बुझाउँछ । राजनीतिक सुधारको आवश्यकता लगभग सबै देशहरूमा राजनीतिक जीवनमा आवर्ती विषय हो । असीमित भ्रष्टाचार, अवैध गतिविधि, कानुनविरुद्ध प्रभावमा व्यापार, घुसखोरी, संरक्षण, नातावाद कृपावाद धाँधली, घोटाला आदि इत्यादि ।

आर्थिक प्रगति र आमूल सामाजिक परिवर्तनलाई जोड दिने माक्र्सवादी क्रान्तिकारी अवधारणाले धेरै नयाँ देशहरूको विकासलाई आकार दियो । निरन्तर प्रभाव राजनीतिज्ञहरूको व्यवहार आफैँ परिवर्तन हुनुपर्छ, र शिक्षा र प्रवर्तन सुधार उपायहरूको साथ हुनुपर्छ । सबै प्रशासनिक प्रणाली परिवर्तन उन्मुख, लक्ष्यउन्मुख, प्रगतिशील, दक्ष, विकेन्द्रीकृत, उत्तरदायी र उत्प्रेरित हुनुपर्छ । जसले विकासशील देशहरूले सामना गरिरहेका ठूला प्रश्नहरू छलफल गर्न विशेषज्ञहरूलाई एकसाथ ल्याउँछ । गरिबी र असमानता न्यूनीकरणजस्ता विकासका नतिजाहरू प्राप्त गर्न सक्षम शासन, सुनियोजित नीति र सावधानीबाट मात्र सम्भव छ । हामीले नीति छनोटको अन्तर्निहित राजनीतिक अर्थतन्त्रलाई बुझ्न आवश्यक छ । हामी समकालीन विकासशील देशहरूमा तिनीहरूको सान्दर्भिकतालाई विचार गर्नेछौँ । शासित सबै नागरिकको सुरक्षा, संरक्षण, सुशासन, उत्तरदायित्व र कल्याणको उद्देश्यले पनि संविधान बनाइन्छ ।

जीवनयापनको सन्दर्भमा आफ्नो इच्छा र चाहनाहरू परिवर्तन गर्न आवश्यक छ । व्याख्याः मानिसको चाहना र चाहनालाई परिभाषित गर्न सजिलो छैन । तिनीहरू परिवर्तन गर्न चाहन्छन् र जीवनमा प्रगतिको साथ जीवनको राम्रो रूप खोज्छन् । राम्रो र सधैँ राम्रो जीवनको लागि मानव इच्छा, परिवर्तनको इच्छा, ज्ञान वृद्धि, मानव प्रगति आदिको उदय र विकासको नेतृत्व गरेको छ । मानिस, स्थान र समयअनुसार परिवर्तन चाहन्छ । मानवमनोविज्ञानका कारण एकल व्यक्तिको, समूहको, नागरिकको चाहना परिवर्तन भइरहन्छ । युवा व्यक्तिको रूपमा, फरक विचारको उदय हुन्छ ।राजनीतिक परिवर्तन तब हुन्छ जब देशमा शासकहरूले सत्ता गुमाउँछन् वा देशको शासन शैली परिवर्तन हुन्छ । सुशासन भनेको प्रकार हो । राजनीतिक कारकहरूमा सरकारी नीतिहरू, नेतृत्व र परिवर्तन समावेश छन् । विदेशी व्यापार नीतिहरू; आन्तरिक राजनीतिक मुद्दा र प्रवृत्ति; कर नीति; नियमन र विनियमन प्रवृत्ति आदि हुनेछ । राजनीतिक अर्थ भनेको देश वा समाजमा शक्ति प्राप्त गर्ने र प्रयोग गर्ने तरिकासँग सम्बन्धित छ । हाम्रा प्राथमिकताका क्षेत्रहरू जलविद्युत्, पर्यटन, औद्योगिक उत्पादन, कृषि, खानी तथा खनिज, सेवा, सूचना तथा सञ्चार, पूर्वाधार, स्वास्थ्य सेवा र सुविधाहरू हुन् । यसैगरी चिकित्सा उपकरण, उपकरण र अस्पताल आपूर्ति निर्माताहरू, चिकित्सा बिमा, चिकित्सा सेवा र व्यवस्थित हेरचाह हुन् । औषधि र सम्बन्धित खण्डहरू परनिर्भर हुन नपरे पनि देश र नागरिकले राहत पाउनेछन् ।

सार्वजनिक, निजी गैर–नाफा र नाफाको लागि खुलेका संस्थाहरूलाई एउटै डालोमा हाल्न मिल्दैन । सार्वजनिक संस्थाहरूले स्थानीय, राज्य, वा संघीय सरकारको समर्थन वा निर्देशनमा व्यक्तिहरूलाई स्वास्थ्य सेवाहरू प्रदान गर्ने नीति अबलम्बन गर्नुपर्छ । ‘विकास’ सामान्यतया धेरै क्षेत्रहरूमा सुधारको बारेमा हो र यसको फराकिलो परिभाषा छ, जबकि, ‘प्रगति’ ‘विकास’ को एक हिस्सा हो र एक निश्चित उद्देश्यमा अगाडि बढ्नलाई जनाउँछ । प्रगति सामान्यतया भौतिक उन्नति, व्यक्तिगत वृद्धि, जीवनको मानव परिस्थितिमा अधिक नियन्त्रण, मानवखुसी, व्यवस्था र सामाजिक स्तरमा सद्भावको सन्दर्भमा निर्धारण गरिन्छ ।

विकास भन्नाले समाजका सदस्यहरूले चाहेको दिशामा योजनाबद्ध सामाजिक परिवर्तनको जिम्मेवारी । हामीले आफ्नो र हाम्रो कार्यको लागि जिम्मेवारी लिनुपर्छ । विकास एक व्यापक शब्द हो जसमा वास्तविक प्रतिव्यक्ति आयमा वृद्धि, जनताको, नागरिकको जीवनस्तरमा सुधार, गरिबी, निरक्षरता, अपराध दरमाकमी, आदि समावेश छन् । विभिन्न व्यक्तिहरूको विकास लक्ष्यहरू फरक–फरक हुन्छन् । कुखुरापालन, पशुपालनको, हाँस, टर्की र गिजजस्ता घरपालुवा चराहरूलाई खानाको लागि मासु वा अण्डा उत्पादन सजिलो र घरेलु व्यवसाय बनेको छ । बेरोजगार युवाको लागि राम्रो व्यवसाय हुन सक्छ । कृषि तथा कृषि प्रशोधन, पर्यटन तथा जलविद्युत् उत्पादन र पूर्वाधार विकास नेपालको विकासका प्रमुख प्राथमिकताका क्षेत्र हुन् । तत्सम्बन्धी सेवाहरू, जैविक विविधता, मानव संसाधन विकास, शिक्षा र स्वास्थ्य क्षेत्रहरू र औषधि उत्पादनहरूमा थप अवसरहरू पनि फेला पार्न सकिन्छ । नेपालमा लगानी गर्नका लागि उत्कृष्ट शीर्ष क्षेत्रहरू जलविद्युत्, पर्यटन, कृषि, यातायात हुन् । यसैगरी स्वास्थ्य र शिक्षा, सूचना प्रविधि, खानी र खनिज आदि छन् ।

राजनीति दल र तिनका नेताहरूले देश बनाउने सोच नै गरेनन् । दलहरूको राजनीतिक विचार, सिद्धान्त, नीति सबै हराउँदै गइरहेको छ । विचारअनुसार राजनीतिक प्रतिस्पर्धा समाप्त हुन पुगेको छ । राजनीतिक पार्टीहरू सत्तास्वार्थका लागि जे पनि गर्न तयार भए । समस्या यो हो । सत्तामोहले राजनीतिक पार्टीका नेताहरूलाई विचारशून्य अवस्थामा पु¥याइदिएको छ । लोकतन्त्रमा विचारको प्रतिस्पर्धा हुन्छ । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमा बहुमत ल्याउने राजनीतिक पार्टीले सरकार सञ्चालन गर्छ । बहुमत ल्याउन नसक्ने राजनीतिक पार्टी प्रतिपक्षको भूमिकामा बस्छ । तर, आज नेपालको राजनीतिमा दुर्भाग्य भएको छ । नेपालमा केही समयदेखि राजनीतिक पार्टीहरू मिलेर सत्तामा जाने र देशको ढुकुटी लुटने धन्दामा ब्यस्त देखिन्छन् । आज ठूलो राजनीतिक पार्टीले बहुमतसहित सरकार सञ्चालन गर्नुपर्ने हो । तर, त्यस्तो हुन दिइरहेका छैनन् । यो विदेशी खेल पनि हुन सक्छ ।

मुलुकको तेस्रो सानो राजनीतिक पार्टीले सरकारको नेतृत्व गर्दै आइरहेको छ । यो लाजमर्दो कुरा हो । जनमतको अपमान हो । मुलुकको दोस्रो दल सरकार बाहिर छ । देशको व्यवस्था राम्रो भए पनि जनताको अवस्था फेरिएन भने त्यसको कुनै मतलव हुदैन । देश र जनताको भाग्य र भविष्य निर्माणका लागि राजनीतिकदलहरू र तिनकाशीर्ष नेता दूरदर्शी र इमानदार हुनुपर्छ । पुरानो सोच र चिन्तनले अब मुलुक बन्दैन । समय धेरै अघि बढिसकेको अवस्था छ । प्रविधि र संचारको विकास भइरहेको यो अवस्थामा यो हाम्रो देश बन्न नसक्नु गलत राजनीति र नेताहरूको अदूरदर्शिताले हो । जबसम्म नेतामा सुधार आउँदैन तबसम्म देशले दुःख खेपिरहने हो । आज देश गलत राजनीति बाटोतर्फ अग्रसर छ । सत्ता टिकाउन दलहरू जस्तोसुकै धन्दा गर्न पनि तयार छन् । यो हाम्रो देशका लागि दुर्भाग्य हो ।

सत्ताका लागि दल फेर्न पनि नेताहरू तयार छन् । तर देश र जनताको पक्षमा काम गर्न कुनै नेता तयार छैनन् । सबै आफ्नै स्वार्थमा लिप्त छन् । जनताले त नेताहरू स्वार्थी र लोभीपापी भएको आरोप लगाइरहेका छन् । नेपालको राजनीतिले अहिले पनि गतिशीलता लिन सकेको छैन । जनतामा एकखालको निराशा बढेर गएको छ ।

दलहरूमा सम्झौता उल्लंघन गर्ने प्रवृत्ति मौलाएको छ । यसले गर्दा पनि राजनीतिक दल र तिनका नेताहरू देश र जनताप्रति इमानदार छैनन् भन्ने पुष्टि हुन्छ । सरकार आफ्नो दायित्व र विपक्षी दलको आफ्नो भूमिकाप्रति प्रस्ट हुनु आवश्यक छ । आजदेशमा विदेशी शक्तिले चलखेल गरिरहेका छन । यो बारेमा दलहरूलाई थाहा भए पनि चुप छन् । आज देश अस्थिरतातर्फ गइरहेको छ । आमनागरिकले राजनीतिक स्थिरता खोजेका छन् । राजनीतिक स्थिरता भए मात्र देशको विकास हुन्छ ।(सौय अन्लाइनवाट)

Facebook Comments Box